शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

ओलीको टेबुलमा रातो झोला !

शनिबार, १३ मङ्सिर २०७७, १४ : ११
शनिबार, १३ मङ्सिर २०७७

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक अहिले प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ । बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली अर्का कार्यकारी अध्यक्ष प्रचण्डले अलगाएको आरोपको लिखितरुपमै जवाफ दिनेगरी बैठकमा उपस्थित भएका छन् । 

बैठकमा ज्याकेट लगाएर उपस्थित भएका ओली बसेको टेबुलमा रातो झोला देखिन्छ । जुन झोलामा ओलीले प्रचण्डलाई जवाफ दिन ल्याएको प्रतिवेदन राखिएको बुझिएको छ । 
बैठकमा सबै सचिवालय सदस्यहरुलाई एक–एक टेबुल कुर्सीको व्यवस्था गरिएको छ । 

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप