शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

महासंघमा हालसम्म ६५ प्रतिशत मत खस्याे

शनिबार, १३ मङ्सिर २०७७, १४ : ०२
शनिबार, १३ मङ्सिर २०७७

नेपाल उद्याेग वाणिज्य महासंघकाे निर्वाचनमा ६५ प्रतिशत मत खसेकाे छ । दिउँसाे १:४५ बजेसम्म जिल्ला नगर, वस्तुगत र एशाेसियट्स समेत गरि उक्त परिमाणमा मत खसेकाे निर्वाचन समितिले जनाएकाे छ । 
हालसम्म ७० वटा जिल्ला नगर, ६५ एशाेसियट्स र ६०० जना एशाेसियट्स सदस्यले मतदान गरेका छन् । 

जिल्ला नगरतर्फ १ सय ७, वस्तुगतमा १ सय ३ र एशाेसियट्समा ९ सय २३ जनाकाे मताधिकार छ । 
बिहान ८ बजेदेखि सुरु भएकाे मतदान साँझ ५ बजेसम्म चल्नेछ । मतदान सम्पन्न भएलगत्तै मतगणना थाल्ने निर्वाचन समितिकाे तयारी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप