शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

संसारको सबैभन्दा महँगो ब्याग सार्वजनिक, मूल्य ८३ करोड

शनिबार, १३ मङ्सिर २०७७, १३ : २३
शनिबार, १३ मङ्सिर २०७७

इटलीको एउटा लग्जरी ब्रान्डले संसारको सबैभन्दा महँगो ब्याग तयार गरेको छ । यो ब्यागलाई कम्पनीले हालै सार्वजनिक गरेको छ । यो ब्यागको मूल्य ५.३ मिलियन पाउन्ड (८३ करोड रुपैयाँ) हो । ब्यागलाई समुद्र बचाउने जागरुकता अभियानलाई आधार बनाएर बनाइएको हो ।

लग्जरी इटालियन ब्रान्ड बोरिनी मिलनेसीले संसारको सबैभन्दा महँगो ब्याग लञ्च लगेको छ । चम्किलो देखिने यो ब्यागमा १३० क्यारेट हिरा र १० वटा सेतो सुनको पुतली जोडिएको छ । समुद्र प्रदुषणबारे जागरुकता बढाउनका लागि ब्यागको निर्माण गरिएको बताइएको छ ।

बोरिनी मिलनेसीले इन्स्टाग्राममा जारी गरेको एक बयानमा समुद्रको रक्षा र जागरुकता बढाउनका लागि आफूहरुलाई आफ्नो ब्यागको अनावरणमाथि गर्व भएको बताएको छ । गोहीको छालाबाट बनेको उक्त ब्याग बेचेबापत् ७ लाख ११ हजार ९ सय ५० पाउन्ड रकम समुद्रलाई प्लाष्टिकमुक्त बनाउनका लागि दान दिने पनि बताइएको छ ।

इन्स्टाग्राम पोस्टमा एक भिडियोको माध्यमले यो ब्यागको सुन्दरताबारे देखाइएको छ । हल्का निलो देखिने यो ब्यागमा सुनको पुतली पनि राखिएको छ जुन हेर्दा निकै सुन्दर देखिन्छ ।

स्मरण रहोस् इटालियन ब्रान्ड बोरिनी मिलनेसी ब्याग बनाउने ब्रान्ड हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप