सिद्धार्थ राजमार्गको झुम्सा–दोभान सडकखण्ड मंसिर १४ देखि ४ दिन सम्म बन्द हुने
शनिबार, १३ मङ्सिर २०७७, १२ : ३४
सिद्धार्थ राजमार्ग अन्तर्गत झुम्सा–दोभान सडकखण्ड मंसिर १४ गतेदेखि १८ गतेसम्म विभिन्न समयमा बन्द हुने भएको छ ।
कालोपत्रे गर्नका लागि विहान साढे १० बजे देखि साढे १२ बजे सम्म र दिउँसो दुई बजे देखि ४ बजे सम्म आवत जावत बन्द गरिने पाल्पा सडक डिभिजन कार्यालयले सूचनामार्फत जनाएको छ ।