कोरोना सङ्क्रमितको सङ्ख्या घट्दै
कालिकोट जिल्लामा कोभिड–१९ का सङ्क्रमितको सङ्ख्या घट्दै गएको छ । कोरोना नियन्त्रणका लागि स्थानीय तह र जिल्ला विपद् व्यवस्थापन समितिले समन्वकारी काम गर्दा सङ्क्रमितको सङ्ख्या घट्दै गएको हो ।
जिल्लामा हालसम्म २४५ जनामा सङ्क्रमण दखिएको र तीमध्ये सक्रिय सङ्क्रमितको सङ्ख्या दुई जनामात्र रहेको जिल्ला स्वास्थ्य सेवा कार्यालयका निमित्त व्यवस्थापक कटकबहादुर महतले जानकारी दिए । “जिल्लाभर कोरोना सङ्क्रमितको सङ्ख्या चार रहेको थियो”, उनले भने, “दुई जना आज नै सङ्क्रमण निको भएर घर पठाइएको छ । हाल कोरोना विशेष अस्पतालमा दुई जना मात्र रहनुभएको छ ।”
कोराना सङ्क्रमण निको भएर हालसम्म २४३ जना घर फर्किएका र हालसम्म ६६४९ जनाको पिसिआर विधिबाट स्वाब परीक्षण गरिएको उनले बताए ।
नौ स्थानीय तहमध्ये रास्कोटमा ३५, खाँडाचक्रमा २३ , तिलागुफा नगरपालिकामा ३१ , पलाँतामा तीन, सान्नी त्रिवेणीमा ३८, नरहरिनाथमा ४३ , शुभकालिकामा ३७ , महावैमा १३ , पचालझरना गाउँपालिकामा दुई र अन्य जिल्लाका १७ जनामा कोरोना सङ्क्रमण देखिएको कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा
-
हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक
-
लण्डनको सडकमा घोडाले मच्चायो आतङ्क, ४ जना घाइते
-
१० बजे, १० समाचार
-
अमेरिकी राष्ट्रपतिद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर
-
ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई आकर्षित गर्नुपर्छ : मन्त्री चौधरी