बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

सुन्तलाका ५ बेफाइदा

शनिबार, १३ मङ्सिर २०७७, ११ : ४७
शनिबार, १३ मङ्सिर २०७७

एजेन्सी – जाडोको मौसममा सुन्तलाको मौसम हुने भएकाले घाममा बसेर सुन्तला खाने गरिन्छ । सुन्तलामा पोटाशियम, भिटामिन सी, फ्लेबोनोइड्स र फाइबर जस्ता तत्वहरु पाइन्छ । जुन स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । यसका साथै सुन्तला मुटुलाई स्वस्थ्य राख्ने र रोग प्रतिरोधात्मक क्षमता बढाउन पनि फाइदाजनक हुन्छ । तर, कुनै कुनै समयमा सुन्तला स्वास्थ्यका लागि बेफाइदा पनि हुन्छ ।

१. हड्डीसम्बन्धी समस्यामा 
सुन्तला भिटामिन सीको प्रमुख स्रोत हो । यसले चिसोमा रुघाखोकीबाट बचाउँछ । तर यसमा भारी मात्रामा हुने भिटामिन सीले शरीरमा क्याल्शियमलाई असर पुर्याउँछ । जसले हाडजोर्नी सम्बन्धी समस्याहरु पैदा गर्न सक्छ । यसका साथै, धेरै सुन्तला खाँदा आँस्टियोपोरोसिसबाट पीडित हुने सम्भावना बढी हुन्छ । त्यसैले सही मात्रामा सुन्तला खाने गर्नुपर्छ । 

२. रगतमा चिनीको मात्रा बढ्छ 
बिहान खाली पेटमा सुन्तलाको जुस पिउँदा रगतमा चिनीको मात्रा बढ्छ ।

३. पेटसम्बन्धी समस्या 
भिटामिन सीबाहेक सुन्तलामा फाइबर भारी मात्रा हुन्छ । जसले पेटसँग सम्बन्धित विभिन्न समस्याहरु आउँछन् । धेरै फाइबर खाँदा पेटमा समस्या आउँछ ।

४. तौल बढ्ने 
भिटामिन सीले शरीरमा मेटाबोलिज्मलाई स्वस्थ बनाएर राख्छ । तर भिटामिन सीको मात्रा धेरै खाँदा मेटाबोलिज्मलाई बिगार्न पनि सक्छ । जसले तौल सन्तुलित हुने प्रक्रियालाई ढिलो बनाइदिन्छ । जसले तौल बढ्ने समस्या बढ्छ । धेरै सुन्तला खाँदा फाइबर र कार्बोहाइड्रेटको मात्रा बढ्छ । जसले भोक लाग्ने र तौल सन्तुलन गर्न गाह्रो हुन्छ ।

५. एसिड रिफ्लेक्सको चिन्ता
खाली पेटमा सुन्तला खानुहुँदैन । खाली पेटमा सुन्तला खाँदा एसिड बढ्ने र दिनभर ग्यास, छात्ती पोल्ने, मुड खराब हुने, डकार आउने समस्या आउँछ । 

कुनै पनि व्यक्तिले दिनमा १ वा दुईवटा भन्दा बढी सुन्तला खानुहुँदैन । खाली पेटमा सुन्तलाको जुस खानुहुँदैन ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप