केन्द्रीय संस्करण
कोरोनाभाइरस

‘कोरोना संक्रमितलाई बेड उपलब्ध गराउन नसक्दा मन भतभती पोल्छ’

इमर्जेन्सीमा भर्ना गर्नुपर्ने बिरामीको १ मिनेट पनि गोल्डेन समय : डा. सन्तकुमार दास, छाती रोग विशेषज्ञ तथा त्रिवि शिक्षण अस्पतालका कोभिड संयोजक

person explore access_timeमंसिर १३, २०७७ chat_bubble_outline0

 

 

उपचारमा खटिएका स्वास्थ्यकर्मीहरुको एउटै उद्देश्य हुने गर्छ– बिरामीको ज्यान जोगाउँने । कोरोना महामारी फैलिएपछि बिरामीको ज्यान जोगाउने मात्रै हैन, आफ्नै ज्यानसमेत कसरी सुरिक्षत राख्ने भन्ने चुनौती उनीहरुसामु तेर्सिएको छ । विशेषतः कोराना संक्रमितको उपचारमा खटिएका चिकित्सक–स्वास्थ्यकर्मीहरुका सामु तेर्सिएको जब्बर चुनौती यही नै हो । दुःखको कुरा सुरक्षाका अधिकतम उपायहरु अपनाउँदा अपनाउँदै पनि थुप्रै स्वास्थ्यकर्मीहरु संक्रमणका शिकार बनेका छन् भने कतिपयले त ज्यान नै समेत गुमाइसकेका छन् ।

त्यस्तै चुनौतीको सामना गर्दै कोरोना संक्रमितका उपचारमा अग्रपंक्तिमा रहेर अहोरात्र खटिएका चिकित्सकहरुमध्येका एक हुन् – डा. सन्तकुमार दास । तबदेखि छाती रोग विशेषज्ञ डा. दास त्रिवि शिक्षण अस्पताल (टिचिङ) का कोभिड संयोजक समेत हुन् ।

कोरोना संक्रमितको उपचारमा खटिन थालेपछि उनलाई विगत ८ महिनायता बिदा बसेको समेत याद छैन । काठमाडौं उपत्यकामा कोभिडका जटिल बिरामीको संख्या बढ्न थालेसँगै थपिएका चुनौती र जिम्मेवारीले गर्दा अस्पतालबाट कति बेला घर फर्किने– कुनै ठेगान हुँदैन ।

कोरोना संक्रमितको उपचारमा आफूलाई होमेपछि उनले घरको छुट्टै कोठामा जनस्वास्थ्यका मापदण्ड अपनाएर बस्न थालेको करिब ८ महिना हुन् आँट्यो । कोभिडकै कारण लामो समयदेखि बच्चाहरुसँगै बसेर भलाकुसारी गर्न नपाएकोमा उनलाई निक्कै सकस हुन्छ । तर, त्योभन्दा पनि बढी पीडा चाहिँ कोभिडका गम्भीर बिरामीलाई चाहँदाचाहँदै पनि बेड उपलब्ध गराउन नपाउदा हुन्छ, भन्छन्– ‘त्यो स्थितिमा विवशताले मन भत्भती पोल्छ !’

उपचारको क्रममा जतिसुकै सावधानी अपनाए पनि संक्रमण सर्ने सम्भावना प्रवल रहन्छ । त्यही कारण, अस्पतालबाट घर फर्किएपछि पनि उनी जनस्वास्थ्यका नियमहरु कठोरतापूर्वक पालना गर्छन् ।  कोरोना संक्रमितको उपचारमा आफूलाई होमेपछि उनले घरको छुट्टै कोठामा जनस्वास्थ्यका मापदण्ड अपनाएर बस्न थालेको करिब ८ महिना हुन् आँट्यो । कोभिडकै कारण लामो समयदेखि बच्चाहरुसँगै बसेर भलाकुसारी गर्न नपाएकोमा उनलाई निक्कै सकस हुन्छ । तर, त्योभन्दा पनि बढी पीडा चाहिँ कोभिडका गम्भीर बिरामीलाई चाहँदाचाहँदै पनि बेड उपलब्ध गराउन नपाउँदा हुन्छ, भन्छन्– ‘त्यो स्थितिमा विवशताले मन भत्भती पोल्छ !’

उनको आजभोलिको नियमित दिनचर्या अस्ताल जाने,  अस्पतालबाट घर जाने, छुट्टै कोठा बस्ने, एक्लै खाना खाने हो । सामान्य कालमा उनी वडादसैंमा आमाको हातबाट टिका थाप्न अनि आर्शिवाद ग्रहण गर्न हरेक वर्ष परिवारसहित तराईमा गाउँसम्म पुग्थे । तर, यसपालिको दशैंमा त्यो टुट्यो, उनी जान पाएनन् । दशैंको बेलामा पनि उनी बिरामीकै उपचारमा व्यस्त भए ।

‘गाउँमा अघिपछि नभ्याए पनि दशैंमा छोरा आउँछ भन्ने आमाको मनमा थियो,’ उनले भने, ‘आमालाई कोभिडको उपचारमा संलग्न भएको सुनाएको थिइनँ, त्यसैले आमालाई हामी घरमा जसरी पनि आउँछन् भन्ने मनमा रहेछ ।’

दशैंको दिन संक्रमित बिरामीको सेवा तल्लीन हुँदा मन खुसी थियो तर, आमाको आशा निरासामा परिणत हुँदा कताकता चित्त पो दुखाए कि भन्ने पीर उनलाई परेको थियो । लामो समयदेखि लगातार अस्पतालमा खटिरहँदा कहिलेकाहीँ मोवाइल अर्फ गरेर शान्त ठाउँमा आनन्दले बस्ने इच्छा उनमा जागृत हुन्छ । तर लगत्तै उनलाई कर्तव्यबोधले थिच्छ । अनि उनी आफ्ना इच्छालाई मारिदिन्छन् र खटिन्छन् विरामीको सेवामा पूर्ववत ।

नेपालमा पनि स्वास्थ्य उपचारमा संलग्न स्वास्थ्यकर्मीमा संक्रमण र मृत्यु हुनेको संख्या बढेकोमा चिन्तित छन् उनी । विरामीको उपचारमा खट्नुपर्ने स्वास्थ्यकर्मी नै स्वयं विरामी बन्न थालेपछि कसरी विरामीले उपचार पाउँलान् भन्ने चिन्ताले सधैं सताउँछ उनलाई ।  महामारी फैलिएका विदेशका थुप्रै देशहरुमा बिरामीले उपचार पाउँछन् तर स्वास्थ्यकर्मी ज्यादैँ न्यून संख्या संक्रमित हुन्छन् । नेपालको सन्र्दभमा भने त्यस्तो छैन । महामारीको समयमा जोखिम मोलेर कार्यक्षेत्रमा खटिएका स्वास्थ्यकर्मी संक्रमित हुने दर बढेकोले उनलाई निक्कै चिन्तित बनाउने गर्छ ।

नेपालमा पनि स्वास्थ्य उपचारमा संलग्न स्वास्थ्यकर्मीमा संक्रमण र मृत्यु हुनेको संख्या बढेकोमा चिन्तित छन् उनी । विरामीको उपचारमा खट्नुपर्ने स्वास्थ्यकर्मी नै स्वयं विरामी बन्न थालेपछि कसरी विरामीले उपचार पाउँलान् भन्ने चिन्ताले सधैं सताउँछ उनलाई ।  महामारी फैलिएका विदेशका थुप्रै देशहरुमा बिरामीले उपचार पाउँछन् तर स्वास्थ्यकर्मी ज्यादैँ न्यून संख्या संक्रमित हुन्छन् । नेपालको सन्र्दभमा भने त्यस्तो छैन ।

 महामारीका बेला विदेशमा बिरामीको वार्डमा सिसिटिभी क्यामेरा,  माईक लगायत प्रविधिको सहयोगमा  डाक्टरहरुले बाहिरबाट अवलोकन गर्ने र बिरामीसँग कुराकानी गर्ने गर्छन् । उनीहरु विरामीसम्म पटक पटक गइबस्नै पर्दैन । चिकित्सक वार्डमा जान परेकोमा सुरक्षात्मक सामग्री पिपिइ लगाएर बिरामीको उपचार गर्न जान्छन् । नेपालमा त्यो व्यवस्था छैन । पिपिइकै व्यवस्था पनि मनग्गे छैन ।  कोरोना संक्रमितको उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई सम्वन्धित निकायले सुरक्षात्मक सामाग्री उपलब्ध गराएको खण्डमा स्वास्थ्यकर्मी संक्रमित हुने सम्भावना घटेर जान्थ्यो भन्ने उनलाई लाग्छ । 

कोरोनाले सर्वसाधारण आम मानिसलाई मात्रै हैन, स्वयं स्वास्थ्यकर्मीहरुलाई समेत आतंकित बनाएको छ । अस्पतालमा कोभिडको बिरामी आउँदा शुरुताका स्वास्थ्यकर्मी नै पनि भयभीत हुन्थे, उनीहरु बिरामीलाई छुन पनि डराउँथे । त्यस्तो बेलामा डा. दास आफैँ अघि सर्थे । त्यसबेला उनकै अग्रसतामा संक्रमितहरुलाई कोभिड भवनमा ल्याएर उपचार गरिएको थियो । कोरोनाको डर कति डरलाग्दो गरी छाएको थियो भने नेपालमा कोभिडकै कारण पहिलो पटक मृत्यु हुने व्यक्तिको शव व्यवस्थापकहरुले शवलाई उठाउन डराए । पछि उनकै परार्मश र अग्रसरतामा उनीहरुले शवलाई व्यवस्थापन गर्न तयार भएका थिए ।

कोरोना संक्रमितको उपचार गर्दा सुरुवादी चरणमा धेरै समस्याले घेरिएको उनलाई आभाष हुन्थ्यो । डा. दासलाई कसरी संक्रमितको उपचार गर्ने, सहज रुपमा स्वास्थ्यकर्मीलाई कार्य क्षेत्रमा जान कसरी प्रोत्साहन गर्ने, कोभिड संयोजकको नाताले समग्र व्यवस्थापन कसरी गर्ने भन्ने ठूलै चुनौती थियो । तर ती चुनौतीहरुलाई सामना गनृ उनी आफैं अहोरात्र खटिए । आफ्ना सहकर्मी स्वास्थ्यकर्मीहरुलाई विश्वासमा लिँदै भरपर्दो योजना बनाएर संक्रमितको उपचारमा खटिँदा समय बितेको उनले पत्तै समेत पाएनन् ।

अहिले कोभिडको उपचार सुरु गर्दाको तुलनामा अहिले धेरै सहज भएको अनुभव डा. दास सुनाउँछन् । हाल कोभिडका बिरामीको मात्रै उपचारमा संलग्न हुने हो भन्ने जस्तो मानसिकताको विकास भएकाले पनि सहज भएको सुनाउँछन् । त्यसमाथि थप उनलाई सहकर्मीहरुबाट पनि राम्रै आडभरोसा र साथसमर्थन प्राप्त भएको छ । आफूँसगै कार्यरत चिकित्सक तथा नर्सहरु कोरोना संक्रमितको उपचारका लागि दिलोज्यान दिएर खटिएकै कारण काम गर्न झन सहज भएको उनको अनुभूति छ ।

अहिले कोभिडको उपचार सुरु गर्दाको तुलनामा अहिले धेरै सहज भएको अनुभव डा. दास सुनाउँछन् । हाल कोभिडका बिरामीको मात्रै उपचारमा संलग्न हुने हो भन्ने जस्तो मानसिकताको विकास भएकाले पनि सहज भएको सुनाउँछन् । त्यसमाथि थप उनलाई सहकर्मीहरुबाट पनि राम्रै आडभरोसा र साथसमर्थन प्राप्त भएको छ । आफूँसगै कार्यरत चिकित्सक तथा नर्सहरु कोरोना संक्रमितको उपचारका लागि दिलोज्यान दिएर खटिएकै कारण काम गर्न झन सहज भएको उनको अनुभूति छ ।

हुनपनि शुरुवाती समयमा हालसम्म पनि भरपर्दो उपचार पत्ता लागिनसकेको कोरोनाभाइरस संक्रमण भएपछि के के हुन्छ भन्ने बारेमा ज्ञान–जानकारी कम थियो । प्रतिरक्षाका लागिसुरक्षात्मक सामाग्रीको उपलब्धता पनि कमै थियो । अहिले जस्तो कोरोनाभाइरस संक्रमण र यसले गर्ने असरहरुका बारेमा गहन रुपमा अध्ययन भएको थिएन । त्यसैले यो ‘अज्ञात संक्रमण’ आफूलाई भएर कुनबेला आफूहरुकै पनि ज्यानै जाने हो कि भन्ने डर स्वास्थ्यकर्मीहरुमा व्याप्त थियो ।

अहिले अस्पतालले उपचारको एउटा भरपर्दो प्रोटोकल बनाएको छ । त्यही अनुसार स्वास्थ्यकर्मीले  कोभिड वार्डमा काम गर्ने हुँदा सहज भएको उनले सुनाए । त्रिवि अस्पतालमा कोभिडका बिरामी उपचारको लागि १ सय ६६ बेड छुट्याइएको छ । अहिले आममानिसमा समेत यसबारे ज्ञानहरु बढ्दै गएपछि घरमै बसेर समेत यस संक्रमणको व्यवस्थापन गर्न सकिने भएको छ । त्यसले गर्दा पछिल्लो समय संक्रमणका कारण स्वास्थ्यमा जटिल समस्या देखिएका बिरामी मात्रै अस्पताल पुग्छन् ।

देशका विभिन्न भागका अस्पतालहरुले त्यहाँ उपचार हुन नसकेको खण्डमा प्रायःले गम्भिर बिरामीलाई टिचिङमा रिफर गर्छन् । तर, कहिलेकाहीँ बेड खाली नभएका बेलामा बाध्य भएर अन्य अस्पतालमा लैजानू भन्दा मन खिन्न हुने उनले सुनाए । ‘सबै बिरामी निजी अस्पतालमा जान सक्दैनन्,’ उनले भने, ‘मरेपनि यही मर्छु बाँचे पनि यही बाँच्छु भनेर कतिपय विरामीहरु त अन्यत्र जानै मान्दैनन् । त्यसरी जान नमान्नेलाई पनि यथासक्य चाँडो बेडको व्यवस्था गर्ने गरेका छौं ।’

विविध कारणले अन्य अस्पतालमा जान पनि नसक्ने कोभिडका बिरामीहरु पनि इमर्जेन्सीमा आउने गर्छन् । डा. दास दुःखका साथ भन्छन्, ‘गत ८ महिनामा त्यसरी आएका विरामीहरुमध्ये ५ जनाले त बेलैमा अक्सिजन, आइसियू, भेन्टिलेटर पाउन नसक्दा ज्यान नै गुमाए । कोरोनाकै कारण निमोनिया भएर इर्मजेन्सीमा भर्ना हुन आउँने बिरामीको समय एक मिनेट पनि गोल्डेन समय हो । बिरामीको उतायता अस्पताल चाहार्दाचाहर्दै   ज्यान जान सक्ने सम्भावना बढी हुन्छ ।’

विविध कारणले अन्य अस्पतालमा जान पनि नसक्ने कोभिडका बिरामीहरु पनि इमर्जेन्सीमा आउने गर्छन् । डा. दास दुःखका साथ भन्छन्, ‘गत ८ महिनामा त्यसरी आएका विरामीहरुमध्ये ५ जनाले त बेलैमा अक्सिजन, आइसियू, भेन्टिलेटर पाउन नसक्दा ज्यान नै गुमाए । कोरोनाकै कारण निमोनिया भएर इर्मजेन्सीमा भर्ना हुन आउँने बिरामीको समय एक मिनेट पनि गोल्डेन समय हो । बिरामीको उतायता अस्पताल चाहार्दाचाहर्दै   ज्यान जान सक्ने सम्भावना बढी हुन्छ ।’

सरकारी अस्पतालमा कोभिड बिरामीको लागि छुटाइएका बेडको व्यवस्थापनको जिम्मा स्वास्थ्य मन्त्रालयको हातमा हुन्छ  । त्यसैले अस्पतालले चाहेर मात्रै केही गर्न सकिँदैन । त्यसैले ‘कोभिडका कारण अस्पताल भर्ना हुनुपर्ने बिरामीले मन्त्रालयसँग समन्वय गरेर आउन’ उनको आग्रह छ । तर प्रशासनिक प्रक्रियाको यो लम्बेतान झमेलाबारे सबैलाई थाहा हुँदैन । कतिपय बिरामीहरु मन्त्रालयलाई खबर नगरिकन सिधै अस्पताल पनि आउने गर्छन् । डा. दास् भन्छन्, त्यसरी आउनेलाई पनि हामी बेड खाली हुँदासम्म उपचार दिन्छौं  । तर, बिरामीले बेड भरिएको अवस्थामा भने  झन गाह्रो हुन्छ ।’

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.