बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

सुरु भयो उद्योग वाणिज्य महासंघको निर्वाचन (तस्बिरहरु)

शनिबार, १३ मङ्सिर २०७७, १० : ४९
शनिबार, १३ मङ्सिर २०७७

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन सुरु भएको छ । निर्वाचनका लागि तीन छुट्टाछुट्टै मतदान केन्द्र तोकिएकोमा एशोसिएट तर्फको मतदान केन्द्र कार्की बैक्वेटमा बिहान ९ बजे, वस्तुगततर्फ महासंघको केन्द्रीय कार्यालय टेकुमा १० बजे र जिल्ला नगरतर्फ राष्ट्रिय प्रज्ञ प्रतिष्ठडान कमलादीमा १० बजेदेखि मतदान सुरू भएको हो । 

कोभिड–१९ कै बीच आयोजना हुँदै गरेको निर्वाचनको स्वास्थ सुरक्षालाई ध्यानमा राखी छुट्टाछुट्टै समूहका लागि छुट्टाछुट्टै स्थानको व्यवस्था गरिएको निर्वाचन समितिले जनाएको छ ।

निर्वाचनमा वरिष्ठ उपाध्यक्षका उम्मेदवारद्वय चन्द्र ढकाल र किशोर प्रधानको प्यानलबीच प्रतिस्पर्धा हुँदैछ । महासंघको एक वरिष्ठ उपाध्यक्षसहित तीन विषयगत उपाध्यक्ष र विविध ६० कार्यकारिणी सदस्यहरु गरी कुल ६४ पदका लागि निर्वाचन हुन लागेको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप