शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बुटवलको कोरोना विशेष अस्पतालमा थप दुई कोरोना संक्रमित पुरुषको मृत्यु

शनिबार, १३ मङ्सिर २०७७, १० : ४६
शनिबार, १३ मङ्सिर २०७७

बुटवलको कोरोना विशेष अस्पतामा थप दुई जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

अस्पतालमा अनुसार बुटवल उपमहानगरपालिका–७ का ४२ वर्षीय पुरुष र कपिलवस्तु गोरुसिंगेका ७४ वर्षीय पुरुषको कोरोना विशेष अस्थायी अस्पताल बुटवलमा उपचार गर्दागर्दे  आज विहान मृत्यु भएको  छ ।

मंसिर ५ गते कोरोना संक्रमण पुष्टि भएपछि सोही दिन अस्पताल भर्ना भएका बुटवलका पुरुषको भएको अस्पतालका प्रवक्ता डा.विष्णु गौतमले जानकारी दिएका छन् ।

यस्तै मंसिर ९ गते कोरोना संक्रमण पुष्टि भएपछि सोही दिन अस्पताल भर्ना भएका कपिलवस्तुका पुरुषको पनि मृत्यु भएको छ । मृत्तक दुवै जना पुरुष मिर्गौलाको डायलासिस गराइरहेका विरामी रहेको अस्पतालले जनाएको छ ।

योसगै कोरोना अस्पतालमा मृत्यु हुनेको संख्या ८२ पुगेको डा.गौतम बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप