बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोना कहरका बीच कार्तिक नाच, १९ तस्बिरमा हेर्नुहोस्

शनिबार, १३ मङ्सिर २०७७, १० : ३६
शनिबार, १३ मङ्सिर २०७७

कोरोना कहरणका बीच हरेक वर्ष कार्तिक शुक्लपक्ष द्वादशी तिथिमा मनाइँदै आएको कार्तिक नाच अन्तर्गतको बराह नृत्य मञ्चन गरिएको छ ।  सरकारले तोकेको स्वास्थ्य मापदण्ड पालना गरेर नृत्य प्रदर्शन गरिएको कार्तिक नाच संरक्षण समितिका अध्यक्ष किरण चित्रकारले बताए । 

कोरोना महामारीका बीच पनि पाटनमा अन्य वर्षझैँ यस वर्ष पनि कार्तिक नृत्यलाई निरन्तरता दिन ललितपुर महानगरपालिकाका साथै वडा नं १६ ले आआफ्ना तर्फबाट सहयोग गरेका थिए । मुलुकमा कार्तिक नाचको थालनी भएसँगै इतिहासमा कुनै वर्ष पनि रोकिएको नसुनिएको जानकार बताउँछन् । 

विसं १६९७ पाटनका राजा सिद्धिनरसिंह मल्लले देश र जनताको कल्याणार्थ सो नाच चलाएको विश्वास गरिन्छ  । सो नाच विश्वकै सबैभन्दा लामो भएको जिकिर गरिएको छ । कार्तिक नाच प्रथम पटक पाँच तथा   सिद्धिनरसिंहका छोरा राजा श्रीनिवासका पालादेखि ‘बाथःप्याखँ’ अर्थात् ‘लोकनाटक’, ‘सुदामा प्याखँ’ र ‘सुरदास प्याखँ’ थपेर १५ दिन सञ्चालन गरिएको पाटनवासी बताउँछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप