शुक्रबार, २६ वैशाख २०८२
ताजा लोकप्रिय

रुकुममा जन्ती सवार जीप दुर्घटना, चारजनाको घटनास्थलमै मृत्यु

शनिबार, १३ मङ्सिर २०७७, ०६ : ५३
शनिबार, १३ मङ्सिर २०७७

काठमाडौँ । रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–७ स्थित पोखरामा जीप दुर्घटना हुँदा चारजनाको घटनास्थलमै मृत्यु भएको छ । 

आठबीसकोट–२०, घारीखोलाबाट जन्ती लिएर आठबिसकोट–८ दाँजेतर्फ जाँदै गरेको रा १ ज ५८९ नम्बरको जीप गएराति साढे ८ बजे दुर्घटना भएको प्रहरीले जनाएको छ । 

दुर्घटनामा आठबीसकोट–८ का ४८ वर्षीय आइते चदारा, ५१ वर्षीय गोरे नेपाली, ६६ वर्षीय सार्के नेपाली र सोही नगरपालिका–७ का ५१ वर्षीय कलिभान नेपालीको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख डीएसपी ठगबहादुर केसीले बताए । 

डीएसपी केसीका अनुसार दुर्घटनामा ६० वर्षीय लालबहादुर नेपाली गम्भीर घाइते भएका छन् । घाइते नेपालीको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । 

जीप सडकबाट १ सय मिटर तल खसेको प्रहरीले जनाएको छ । रोकेर यात्रु ओरालिरहँदा जीप एक्कासी पछि सरेर दुर्घटना भएको बताइएको छ । 

जिप चालक भने फरार रहेको ढीएसपी केसीले बताए । घटनाको विषयमा थप अनुसन्धान भइरहेको र जीप चालकको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप