शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

जर्मनीमा १० लाख जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि

शुक्रबार, १२ मङ्सिर २०७७, २३ : ५०
शुक्रबार, १२ मङ्सिर २०७७

एजेन्सी । जर्मनीमा शुक्रबारसम्ममा  कोभिड–१९ सङ्क्रमितको सङ्ख्या १० लाखभन्दा बढी पुगेको यहाँको रोबर्ट कोच इन्स्टिच्युटले जानकारी गराएको छ । विगत २४ घण्टामा जर्मनीमा सङ्क्रमितको सङ्ख्या २२ हजार ८०६ वृद्धि भएको हो । पछिल्लो २४ घण्टामा कोभिड–१९ सङ्क्रमित ४२६ विरामीको मृत्यु भएको र अहिलेसम्म कोभिड–१९ सङ्क्रमित १५ हजार ५८६ जनाको मृत्यु भएको हो ।

जर्मनीमा सर्दी याम बढेसँगै कोभिड–१९ सङ्क्रमितको सङ्ख्यामा वृद्धि हुन थालेपछि संघीय तथा राज्य सरकारले देशका विभिन्न भागमा जारी आंशिक लकडाउनलाई आगामी डिसेम्बर २० सम्म लम्बाउने घोषणा गरेका छन् । जर्मनीले देशैभर पाँचभन्दा बढी परिवार तथा साथीहरूको जमघट नगर्न भनिएको छ । सरकारले क्रिसमसलाई मध्यनजर गर्दै जमघट हुन पाउने उक्त सङ्ख्यालाई १० पु¥याएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप