बेलायत अपडेटः २४ घन्टामा थप ५२१ संक्रमितको मृत्यु

लन्डन । बेलायतमा गएको २४ घन्टामा थप ५२१ जना कोरोना संक्रमितको मृत्यु भएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ जानकारी दिएको छ । पछिल्ला दिनहरुमा बेलायतमा दैनिक पाँच सयदेखि ७ सयको हाराहरीमा कोरोना संक्रमितको मृत्यु भैरहेको छ ।
शुक्रबार साँझसम्म बेलायतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५७ हजार ५५१ पुगेको छ । हिजो बिहीबार ४९७ जनाको मृत्यु भएको थियो । स्वास्थ्य विभागद्वारा सार्वजनिक तथ्याँकअनुसार बेलायतमा एकसाताभित्र दुई हजार ८३८ जनाको ज्यान गएको छ ।
यसैगरि गएको २४ घन्टामा थप १६ हजार २२ जना नयाँ संक्रमित थपिएको स्वास्थ्य विभागले उल्लेख गरेको छ । हिजो बिहीबार पनि १६ हजारकै हाराहारीमा नयाँ संक्रमित थपिएका थिए । यससँगै बेलायतमा कोरोना संक्रमितको संख्या १५ लाख ८९ हजार ३०१ पुगेको छ ।
कोरोना संक्रमणका कारण गएको २४ घन्टामा थप एक हजार ४७१ जना हस्पिटल भर्ना भएका छन् । जसमध्ये एक हजार ४५६ जनाको भेन्टिलेटर बेडमा उपचार भैरहेको सरकारी स्रोतले बताएको छ । हाल बेलायतका हस्पिटलमा १६ हजार ६४ जना कोरोना संक्रमितको उपचार भैरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१७ वर्षीया किशोरीमाथि जबरजस्ती करणी
-
छोरीले ‘इङ्गेजमेन्ट’ गरेको केटासँग आमा फरार
-
रवी लामिछानेको ज्यान असुरक्षित भएको भन्दै रास्वपाले मानव अधिकार आयोगलाई बुझायो निवेदन
-
५१ जना प्रहरी कर्मचारीहरूलाई ट्राफिक प्रशासन तालिम प्रदान
-
सडक निर्माणले मालिकाधुरी जाने यात्रा अवधि छोटियो
-
नेपाल प्रहरी अस्पताल महाराजगन्जको ४१औँ वार्षिकोत्सव सम्पन्न