शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्रदेश नं १ मा २२० कोरोना सङ्क्रमित थप

शुक्रबार, १२ मङ्सिर २०७७, २१ : ४१
शुक्रबार, १२ मङ्सिर २०७७

प्रदेश नं १ मा पछिल्लो २४ घण्टामा २२० जना कोरोना सङ्क्रमित थपिएका छन् । उक्त अवधिमा गरिएको ९११ जनाको पीसीआर परीक्षणमा ८९ महिला  र  १३१ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 

सङ्क्रमितमा झापामा ८४, मोरङमा ७२ मध्ये विराटनगरमा ४४, सुनसरीमा ३५, सङ्खुवासभामा १०, इलाममा छ, खोटाङमा दुई, उदयपुर र धनकुटामा एक÷एक र प्रदेश बाहिरका नौ जना रहेका छन् । 

प्रदेशमा सङ्क्रमितको सङ्ख्या २६ हजार ६७९ पुगेको छ । प्रदेशमा आज १८८  सङ्क्रमित होम आइसोलेसन र विभिन्न अस्पतालबाट निको भएर घर फर्केका छन् भने हालसम्म निको हुनेको सङ्ख्या २१ हजार ६७९ पुगेको छ ।  प्रदेशमा हालसम्म एक लाख ८८ हजार ७२९ जनाको पीसीआर परीक्षण  गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप