सिसिटिभी जडानसँगै अपराध नियन्त्रणमा कमी आउने विश्वास
महानगरीय प्रहरी कार्यालयका प्रमुख, प्रहरी नायव महानिरीक्षक (डिआइजी) विश्वराज पोखरेलले सिसिटिभी जडानसँगै उपत्यकाको अपराध नियन्त्रणमा कमी आउने बताएका छन् ।
चन्द्रागिरी नगरपालिकाअन्तर्गत नागढुङ्गा–कलङ्की सडकखण्डमा जडान गरिएका अत्याधुनिक सिसी क्यामराको ‘समुद्घाटन तथा हस्तान्तरण समारोहमा’ उहाँले अपराध नियन्त्रण, अनुसन्धान तथा सडकमा हुने ट्राफिक जाम सडक दुर्घटना न्यूनीकरणमा सहज पुग्ने बताए ।
“आम नागरिकको विकास समृद्धि र सुरक्षाको लागि सरकार र नागरिक दुवैको दायित्व उत्तिकै छ, सबै मिलेर सरकारले परिकल्पना गरेको ‘समृद्ध नेपाल, सुखी नेपाली’ नारा पूरा गर्नुपर्छ”, उनले भने । समाजमा हुने घटना र दुर्घटना न्यूनीकरणको लागि सडकमा राखिएको सीसी क्यामराले अपराध अनुसन्धानमा निकै फलदायी हुने उनको भनाइ छ ।
नगरपालिकाका प्रमुख घनश्याम गिरीले राजमार्ग क्षेत्रमा हुने अपराध नियन्त्रणका लागि नगरपालिकाको रु एक करोड लागतमा अत्याधुनिक प्रविधिको सीसी क्यामरा जडान गरेको जानकारी दिए । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जनक भट्टराई, महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंहले समाजमा अपराध मुक्त र दुर्घटना मुक्त बनाउने अभियानलाई सार्थकता प्रदान गर्न र ट्राफिक व्यवस्थापनमा सीसी टिभि महत्वपुर्ण हुने बताए ।
नगरपालिकाका प्रवक्ता एवम् वडा–११ का वडाध्यक्ष हरिभक्त महर्जनले चन्द्रागिरिले सबै वडामा सिसी क्यामरा जडान गर्ने बताए । मुख्य राजमार्ग क्षेत्रमा नगरपालिकाले सिसी क्यामरा जडान गरेपनि भित्रि बाटोमा भने वडाले सिसी क्यामरा जडान गर्ने प्रवक्ता महर्जनको भनाइ छ ।
नगरपालिका–२ नागढुङ्गादेखि १५ वडा कलङ्कीसम्म राजमार्ग क्षेत्रमा ६८ क्यामरा जडान भएका छन् । उक्त क्यामराको निरीक्षण महानगरीय प्रहरी कार्यालय रानीपोखरीले गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कार्यकर्तालाई इमान्दार बन्न एमाले अध्यक्ष ओलीको आग्रह
-
सरकारले सहकारी ठगीमा संलग्नलाई संरक्षण गर्न थाल्यो : नैनसिंह महर
-
कलंकीबाट हराएकी स्नेहा पशुपति मन्दिर परिसरमा फेला
-
सरकार गठनको आह्वान कुन धाराअनुसार गर्ने भन्नेमै अलमल
-
‘न्यायालय पुनर्संरचना नै अबको एक मात्र एजेन्डा’
-
महान्यायाधिवक्ताको कार्यालयले लामिछानेलाई दिएको ‘क्लिन चिट’मा के छ ? (पत्रसहित)