शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

होटल प्याराडाईज सिमरामा प्रहरीको छापा, ५ लाखसहित १० जना पक्राउ

शुक्रबार, १२ मङ्सिर २०७७, १८ : ४०
शुक्रबार, १२ मङ्सिर २०७७

बारा । बाराको जितपुर सिमरा उपमहानगरपालिका २ स्थित होटल प्याराडाईजमा प्रहरीले छापा मारेको छ । प्रहरीले उक्त होटलमा छापा मारी लाखौं रुपैया नगद र कौडासहित १० जुवाडेलाई प्रक्राउ गरेको छ । जुवा खेलाइरहेको भन्ने विशेष सूचनाका आधारमा गएराती जिल्ला प्रहरी कार्यालय कलैयाबाट गएको टोलीले होटलमा घेरा हालेर छापा मारेको थियो ।

प्रहरीले होटलबाट १६ थान कौडा, ५ लाख ८२ हजार २ सय ५० रुपैया नगदसहित जुवा खेलिरहेका १० जना जुवाडे पक्राउ परेको बारा प्रहरी प्रवक्ता डिएसपी गौतम मिश्रले जानकारी दिएका छन् । पक्राउ परेका जुवाडेहरुमाथि थप अनुसन्धान तथा कार्वाही प्रकृया अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप