
ग्लोबल आइएमई बैंकको एक्सटेन्सन काउण्टर कास्की जिल्ला ट्राफिक प्रहरी कार्यालयमा

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले शुक्रबार कास्की जिल्ला ट्राफिक प्रहरी कार्यालय परिसरमा नयाँ एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालय प्रमुख एस.पी. प्रभू प्रसाद ढकाल र कास्की जिल्ला प्रहरी कार्यालय प्रमुख एस.पी. जीवन कुमार श्रेष्ठले संयुक्तरुपमा बैंकको एक्सटेन्सन काउण्टरको उद्घाटन गरे ।
बैंकले सेवाग्राहीको बढ्दो चाप र बिस्तारित बैंकिङ्ग सेवाको आवश्कतालाई मध्यनजर गर्दै कास्की जिल्ला, पोखरा महानगरपालिका–९, नयाँबजार स्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय परिसरमा एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याएको हो । बैंकले जिल्ला ट्राफिक प्रहरी कार्यालयमा सेवा लिने सेवाग्राही लगायत अन्य ग्राहकहरुलाई बैंकिङ्ग सेवा प्रदान गर्ने प्रयोजनार्थ यस एक्सटेन्सन काउण्टर सुरु गरेको हो ।

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
तपाईको ईमेल गोप्य राखिनेछ