बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

दुई-चारजना नेताले चाहँदैमा नेकपा फुट्दैनः गोकर्ण विष्ट

शुक्रबार, १२ मङ्सिर २०७७, १५ : २०
शुक्रबार, १२ मङ्सिर २०७७

गुल्मी । नेकपाका स्थायी कमिटी सदस्य गोकर्ण विष्टले दुई चार जना नेताले चाहँदैमा नेकपा नफुट्ने बताएका छन् । नेकपा गुल्मीका नेता बोमबहादुर खडकाको १२ औ श्रद्धान्जलीसभालाई सम्बोधन गर्दै नेता विष्टले सो कुरा बताएका हुन् ।

कार्यक्रममा बोल्दै नेता विष्टले भने- ‘नेकपा कुनै दुई चार जना नेताले बनाएको पार्टी होईन, जसले चाह्यो उसले फुटाउन सक्ने । अब नेपाली कम्युनिस्ट आन्दोलनलाई थप सशक्त बनाएर लगिनेछ छ र एकतालाइ मजबुत बनाइनेछ ।’

पूर्वमन्त्री समेत रहेका विष्टले नेपाल  कम्युनिस्ट पार्टी चट्टानमा उम्रिएको  बिरुवा भएको उल्लेख गर्दै अब छिट्टै स्थायी कमिटी बैठक बसेर पार्टी एकताबद्ध र मजबुत बनाएर लगिने उद्घोष गरे  । कार्यक्रममा परराष्ट मन्त्री प्रदिप ज्ञवाली लगायतका नेताहरुको पनि उपस्थिति रहेको छ । परराष्ट्रमन्त्री ज्ञवाली बोल्न बाँकी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप