आफ्नै साथीले हानेको गोली लागेर १ जना घाइते, ३ जना पक्राउ
काठमाडौँ । बिहीबार राती दाङको तुलसीपुर उपमहानगरपालिका–१३ बराहखुटी निवासी खुसलराम पौडेललाई गोली हानेको अभियोगमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–१३ बाख्रे निवासी २४ वर्षका कमल पुन, ३८ वर्ष राजु घर्ती र ४० वर्षका इन्द्र केसी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका डीएसपी शिवबहादुर सिंहले जानकारी दिए ।
उनीहरुलाई गएराति घरबाटै पक्राउ गरेको डीएसपी सिंहले बताए । पक्राउ परेका तीनैजनालाई तुलसीपुर प्रहरीले वडा प्रहरी कार्यालय लमहीलाई बुझाएको छ । अभियुक्त तुलसीपुर क्षेत्रका भएपनि घटनास्थल लमहीमा पर्ने भएकाले लमही प्रहरीलाई बुझाएको डीएसपी सिंहले बताए ।
बुधबार राती लमही नगरपालका–९ च्याउखोलामा शिकार खेल्न गएको समयमा आफ्नै साथीले हानेको बन्दुकको गोली लागेर पौडेल घाइते भएका थिए । शिकार खेल्न १४ जना गएपनि ११ जना भने अझै फरार रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा
-
हरिपूर्वामा आगोले चार घर जले
-
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
-
इँटाभट्टामा जिउँदै मान्छे जलाउने आलम दाजुभाइसहित ४ जनालाई जन्मकैद