मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

‘हेरिटेज अफ फेसन नेपाल सिजन २’ आयोजना हुने

शुक्रबार, १२ मङ्सिर २०७७, १४ : ३८
शुक्रबार, १२ मङ्सिर २०७७

काठमाडौं । ‘हेरिटेज अफ फेसन नेपाल सिजन २’ को आयोजना हुने भएको छ । असाप इन्टरटेन्मेन्टले आगामी मार्च १५ मा नेपाल र अष्ट्रेलियामा यो कार्यक्रम एकसाथ आयोजना गर्न लागेको हो । यो कार्यक्रमको आयोजक फिल्म निर्माता सन्तोष अधिकारी हुन् ।

नेपाली तथा विदेशी चर्चित मोडलहरुको सहभागिता रहने बताइएको फेसन शोमा नेपाली कला र संस्कृतिको विकास र प्रवद्र्धनका लागि आयोजना गर्न लागिएको निर्माता अधिकारीले जानकारी दिए । गत वर्ष यो कार्यक्रम नेपालको पोखरा र अष्ट्रेलियामा आयोजना गरिएको थियो । जसमा प्रशान्त ताम्राकार, गायक धिरज राई र गायिका प्राप्ति चुलातन समेत सहभागी थिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप