शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

उर्लाबारीबाट सात जुवाडे पक्राउ

शुक्रबार, १२ मङ्सिर २०७७, १३ : २१
शुक्रबार, १२ मङ्सिर २०७७

काठमाडौँ । प्रहरीले जुवातास खेल्ने ७ जनालाई पक्राउ गरेको छ । मोरङको उर्लाबारी नगरपालिका–९ बाट जुवातास खेल्ने सात जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जुवातास खेलिरहेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरीले ३ लाख २५ हजार १५५ नगदसहित ७ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा सबै उर्लाबारीका रहेका छन् । दिवान मगर, बाबुराम कार्की, विमल डाँगी, डम्बरबहादुर लिम्बु, गोविन्द पुरी र विष्णु राउत तथा खोटाङका कुबिरमान तामाङ रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार पक्राउ परेकाहरुविरुद्ध जुवा ऐन सम्बन्धी मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप