शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

रुपन्देहीको राजमार्गमा स्मार्ट रिफ्रेस सेन्टर

शुक्रबार, १२ मङ्सिर २०७७, १३ : १७
शुक्रबार, १२ मङ्सिर २०७७

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचन्ड’को असहमती कारण पार्टीमा समस्या आएको बताएका छन् । उनले दुई पार्टी एकता  गराउने कार्य चानचुने काम नभएको भन्दै अहिले संकट आएपनि त्यो मिल्ले दावी गरेका छन् ।

पूर्वपश्चिम राजमार्ग अन्र्तगत रुपन्देहीको सैनामैनामा स्मार्ट रिफ्रेस सेन्टरको शिलानान्न गर्दे सो कुरा बताएका हुन् । लुम्बिनी प्रदेश सरकारको साढे ३ करोड बढी लागतमा रिफ्रेस सेन्टर निर्माण हुने भएको छ । पुर्व–पश्चिम लोकमार्ग अन्तरगत सैनामैनाको वडा नम्बर–११ पिपल डाँडामा निर्माण गर्न लागिएको अत्याधुनिक रिफ्रेस सेन्टरमा लामो दुरीका सवारीका चालकहरुलाई सुत्न समेत मिल्ने गरी आराम गर्ने व्यवस्था तथा यात्रुहरुले समेत आराम गर्न पाउने गरी रिफ्रेस सेन्टर निर्माण हुने भएको हो ।

निःशुल्क रुपमा प्रयोग गर्नेगरी अत्याधुनिक सौचसहितको स्वच्छ पिउने पानी लगायतका सुविधासहित निर्माण हुने सेन्टरको पहिलो चरणको काम सुरु भएको छ । दुई वर्षमा काम सक्ने गरि ३ करोड ५५ लाख ७९ हजार ५१० लागतमा हुने पहिलो चरणको निर्माणको जिम्मा भिमेश्वर मामा जेभीले लिएको छ ।

बढ्दो सवारी दुर्घटनालाई कम गर्न तथा स्वच्छ लोकमार्ग निर्माणका लागि सेन्टरको निर्माण गर्न लागिएको सैनामैना नगरका प्रमुख चित्रबहादुर केसीले बताए उनले रिफ्रेस सेन्टर बारे जानकारी गराउँदै प्रदेश खानेपानी डिभिजन कार्यालयका प्रमुख धुर्व धितालले यस भित्र स्मार्ट रेष्ट रुम, सावर रुम, पार्किङ, पाथ वे, रोड एरिया, कार वासिङ सेन्टर, चार्जिङ स्टेसन, ड्राइभर रुम तथा वाटर ट्याङ्कलगायत रहेको बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप