शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्रदीप लेख्छन्, ‘सरकारले चलचित्र क्षेत्रको अस्तित्व स्वीकारेन’

शुक्रबार, १२ मङ्सिर २०७७, १३ : ०३
शुक्रबार, १२ मङ्सिर २०७७

काठमाडौं । सरकारले कोरोनाको कहरका कारण बन्द गरेको सबै क्षेत्र खुल्ला गरिसकेको छ । तर फिल्म क्षेत्र माथीको प्रतिबन्ध भने अझै हटाएको छैन । यसले यो क्षेत्रमा ब्यक्तिमा अन्योल छाएको छ । महिनौ देखि बेरोजगार हुनुपर्दा सबैको अवस्था बिग्रदो छ ।

फिल्म क्षेत्र खोल्ने बिषयमा फिल्म सम्बन्धी बिभिन्न संघसंस्थाले राज्यको बिभिन्न निकायमा लिखित तथा मौखिक रुपमा पटक पटक जानकारी गराएका छन् । तर पनि यो क्षेत्र खुल्न सकेको छैन ।

बन्द रहेको फिल्म क्षेत्र नखुलेको बिषयमा फिल्मकर्मीहरुले अचेल सामाजिक संजाल मार्फत आक्रोस पोख्न थालेका छन् ।

यस्तैमा चलचित्र संघ नेपालका पुर्व अध्यक्ष समेत रहेका निर्माता तथा प्रदर्शक प्रदीप उदयले पनि सरकारले अहिलेसम्म फिल्म क्षेत्र नखोल्नु यो क्षेत्रको अस्तित्व अस्विकार गर्नु रहेको बताएका छन् ।

उनले सामाजिक संजालमा एक लामो स्टाटस पोष्ट गर्र्दै सरकारले ‘दवाव’ र ‘आन्दोलन’को भाषा मात्र बुझ्ने गरेको बताएका छन् ।

बर्तमान सरकारले नेपाली चलचित्र क्षेत्रको अस्तित्व स्विकारेनन् भन्दै प्रदीपले सुरु गरेको स्टाटसमा यस्तो अवस्थामा पनि चुप बस्ने चलचित्रकर्मीलाई भलादमी भन्दै ब्याङ्ग्य गरिएको छ ।

‘चलचित्र क्षेत्रको यो मुलुकमा आवश्यकता छैन । बन्द गर्दिउ । चलचित्रसँग सम्वन्धित सबै ईजाजत पत्र खारेज गर्दिउ र भन्दिउ चलचित्र क्षेत्रसँंग सम्वन्धित कोही पनि हाम्रो नागरिक होईन । यिनीहरूको संरक्षण गर्नु हाम्रो दायित्व होइन’ प्रदीपले अगाडि लेखेका छन् ‘हामी चुपचाप अर्को बाटो लाग्छौ ।’

यस्तो छ प्रदीपको स्टाटस
बर्तमान सरकारले नेपाली चलचित्र क्षेत्रको अस्तित्व स्विकारेनन् ।
शुरुदेखि नै भन्दै आएको छु । यो सरकार ‘दवाव’ र ‘आन्दोलन’को भाषा मात्र बुझ्छ । अन्य सबै व्यवसायीको संगठनहरूले आन्दोलनको अल्टिमेटम दिए । सरकारले तत्काल खोल्ने निर्णय गरे । तर, हाम्रो क्षेत्र भलादमी...

एउटा बिज्ञप्ती मात्र पनि निकालेर अल्टिमेटम दिएको भए शायद यो सरकारले सुन्थ्यो होला । तर, हामी भलादमी...

अन्य मुलुकवाट भिजिट भिषामा बिदेशी आउन पाउने र सम्पुर्ण अन्तर्राष्ट्रिय उडान खोल्ने समेत निर्णय भैसक्यो । तर, संचार मन्त्रालयबाट खोल्न सिफारिस चलचित्र क्षेत्रको बारे सरकार मौन छ र पनि हामी चुप छौ । तर, हामी भलादमी...

सरकार भन्दिनु पर्यो चलचित्र क्षेत्रको यो मुलुकमा आवश्यकता छैन । बन्द गर्दिउ । चलचित्रसँंग सम्वन्धित सबै ईजाजत पत्र खारेज गर्दिउ र भन्दिउ चलचित्र क्षेत्र ंँग सम्वन्धित कोही पनि हाम्रो नागरिक होईन । यिनीहरूको संरक्षण गर्नु हाम्रो दायित्व होइन । हामी चुपचाप अर्को बाटो लाग्छौ । तर, हामी भलादमी...

चलचित्रकर्मी मित्रहरू कति समय भलादमी बन्ने ? 
अव त जागौ । अव त आफ्नो अस्तित्वको लागी लडौ । बुझौ चलचित्र बिकास बोर्ड सरकारी निकाय हो । बोर्डले गम्भिरता पुर्वक चलचित्र क्षेत्र खोल्ने पक्षमा लागे पनि सरकारले महत्व नदिन सक्छ ।

अव चलचित्र क्षेत्रसँंग सम्वन्धित संघसंस्था स्वयं अग्रसर रहनु पर्छ आफ्नो अस्तित्वको लागि । नत्र दवाव र आन्दोलनको भाषा मात्र बुझ्ने सरकार हाम्रो क्षेत्रको अस्तित्व स्विकार्न तयार हुँदैन । होईन भने जसरी चलचित्र क्षेत्र मात्र लामो समयदेखि बन्द छ । त्यसरी नै चलचित्र क्षेत्रसँग सम्वन्धित संघसंस्था बन्द गरौ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप