मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

२३ हजार ५० लगानीकर्ता सक्रिय भएपछि सेयर बजारले गरेको थियो रेकर्ड ब्रेक

शुक्रबार, १२ मङ्सिर २०७७, १२ : १९
शुक्रबार, १२ मङ्सिर २०७७

 

२३ हजार ५० लगानीकर्ताको सक्रियतामा बिहीबार सेयर बजारले नयाँ कीर्तिमान कायम गर्यो । नेपाल स्टक एक्सचेन्जका अनुसार बिहीबार सेयर कारोबारमा २३ हजार ५० लगानीकर्ता सहभागी भए । 

कारोबार रकम तथा बजार परिसूचकका आधारमा सेयर बजारको नयाँ कीर्तिमान हो । रेकर्ड ब्रेकमा सहभागी लगानीकर्तामध्ये ८७.७५ प्रतिशत कारोबार अनलाइनमार्फत् भएको थियो । हालसम्म अनलाइनमार्फत् कारोबार गर्नका लागि १ लाख ८५ हजार भन्दा बढी लगानीकर्ताले युजर नेम र पासवर्ड लिएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

नेप्सेले २०७५ कात्तिक २० गतेबाट पूर्णस्वचालित ल्याएको थियो जसका कारण कारोबारमा त्रमिक सुधार हुँदै गयो । खासगरी कारोबार आकार बृद्धि हुनुमा नट्सको प्रत्यक्ष योगदान रहेको नेप्सेले जनाएको छ । 

मंसिर ११ गते ७ अर्ब ६१ करोड ३० लाख ३० हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । नेप्से परिसूचक १८९३.२४ विन्दुमा आएर रोकिएको छ । नेप्सेको हिजोकै कारोबारमा परिसूचक १९०० नाघेको थियो ।  यसअघि २०७३ साउन १२ गते  नेप्से परिसूचक १८८१.४५ विन्दुमा पुगेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप