मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

एस्ट्राजेनेकाको खोपको ‘सफलता’ मा आशंकाका बादल

शुक्रबार, १२ मङ्सिर २०७७, १२ : ०९
शुक्रबार, १२ मङ्सिर २०७७

जब बेलायती–स्विडिस औषधी निर्माता कम्पनी एस्टाजेनेकाले गत सोमबार आफ्नो कोरोनाभाइरसको भ्याक्सिन ७० प्रतिशत प्रभावकारी भएको दाबी गर्यो तब संसारले एकमुष्ठ रुपमा राहतको सास फेर्यो । तर एस्ट्राजेनेकाको भ्याक्सिन ट्रायलका क्रममा प्रकाशित विभिन्न डाटा अस्पष्ट भएको भन्दै यसमा वैज्ञानिक समुदायले शंका व्यक्त गरेका छन् ।

एस्ट्राजेनेकाले सोमबार आफूहरुले बेलायतका सहभागीलाई भ्याक्सिनको दुई कोर्स दिएको जानकारी दिएको छ । युनिभर्सिटी अफ अक्सफोर्डसँग मिलेर एस्ट्राजेनेकाले तयार पारेको उक्त भ्याक्सिनले दुई भिन्न डोज दिनुपर्ने कारण र एउटाभन्दा अर्कोमा डोज किन थोरै भनेर स्पष्ट जानकारी दिएको छैन । 

एउटा समूहका २,७४१ सहभागीलाई सुरुमा आधा डोज भ्याक्सिन दिइयो र त्यसको एक महिनापछि पूर्ण डोज प्रदान गरियो । यो समूह कोभिड–१९ को संक्रमणबाट ९० प्रतिशत सुरक्षित रहे ।  यस्तै दोस्रो समूहमा ८,८९५ सहभागीलाई सुरुमा पूर्ण डोज प्रदान गरियो र त्यसको करिब एक महिनापछि पनि पूर्ण डोज नै दिइयो । यो समूह ६२ प्रतिशत सुरक्षित रहे ।

त्यसैले एस्ट्राजेनेकाले आफ्नो भ्याक्सिन औसतमा ७० प्रतिशत प्रभावशाली भएको बताएको छ ।

तर दुई भिन्न ट्रायललाई आधार मानेर बनाइएको रिपोर्टमा केही वैज्ञानिकले प्रश्न उठाएका छन् । वैज्ञानिकका अनुसार यो क्लिनिक ट्रायल ‘स्ट्यान्डर्ड रिपोर्टिङ’ भन्दा भिन्न छ ।

भ्याक्सिनको प्रभावकारीताबारे घोषणा भएको केही दिनपछि पनि यसले विभिन्न भ्रम पैदा गरेको छ ।

मंगलबार एस्ट्राजेनेकाका कार्यकारी उपाध्यक्ष मेने पान्गोलासले रोयटर्ससँगको कुराकानीमा प्रयोगशालामा भएको गडबडीका कारण केही सहभागीलाई थोरै डोज प्रदान गरिएको र त्यो नै ९० प्रतिशत प्रभावकारी भएको बताए । ‘आधा डोज मात्रै दिँदा भाग्यवश त्यसैबाट राम्रो नतिजा प्राप्त भयो,’ प्याङ्गोलाजले भने ।

अक्सफोर्डको भ्याक्सिनको कम्युनिकेसन म्यानेजरले बुधबार एक वक्तव्य जारी गर्दै कुनै पनि नयाँ भ्याक्सिनको डोज निर्धारण गनु एक जटिल काम भएको बताए । उनले मात्रा छनोट गर्ने विधिको अन्वेषणमा गर्दा एउटामा अपेक्षा गरिएको भन्दा कम डोज दिएको पत्ता लागेको बताए ।

अक्सफोर्डले पुनः बिहीबार सीएनएनसँगको कुराकानीमा उत्पादन प्रक्रियामा भएको भिन्नताले उक्त गल्ती सृजना भएको बतायो ।

उक्त वक्तव्यमा उत्पादन प्रक्रियामा देखिएको समस्या ठिक भएपनि परीक्षणको रेखदेख गर्ने बेलायती नियामकले तेस्रो चरणमा दुबै तरिकालाई समावेश गर्नेमा सहमति व्यक्त गरेको बतायो ।

एस्ट्राजेना र अक्सफोर्डले स्पष्टताको विषयमा आलोचना खेपिरहेता पनि उनीहरुले नतिजा प्रकाशित गर्नेबेला र सोमबारको पत्रकार सम्मेलनमा कुनै पनि समस्याबारे कुरा गरेनन् । संसारले  ट्रायलको सकारात्मक नतिजामा आफ्नो ध्यान केन्द्रीत गर्नुपर्ने कुरामा कम्पनीले जोड दियो ।

बुधबार वाल स्ट्रिट जर्नलसँगको कुराकानीमा एस्ट्राजेनेकाका कार्यकारी उपाध्यक्ष मेनेलास पाङ्गोलासले ‘गल्ती वास्तवमा अप्रासंगिक’ भएको बताएका छन् ।

‘यदि तपाईं फूल डोज–फूल डोज डाटामा विश्वास गर्नुहुन्छ भने हामीसँग स्विकृति पाउनका लागि ६० प्रतिशत माथि प्रभावकारीता भएको भ्याक्सिन छ’ प्याङ्गोलाजलाई उद्धृत गर्दै वाल स्ट्रिट जर्नलले भन्यो ।

यूएस फूड एण्ड ड्रग एड्मिनिस्ट्रेशन (एफडीए)लाई कम्तीमा ५० प्रतिशत प्रभावकारिताको सीमाको आवश्यकता पर्छ । यद्यपि, एफडीएले आपतकालिन प्रयोगमा यसलाई स्विकृति दिने नदिने कुरामा स्पष्ट जानकारी प्राप्त छैन ।

 एस्ट्राजेनेकाले आफ्नो ‘हाफ डोज’ भ्याक्सिन अमेरिकामा पनि परीक्षण गरेको छैन । यद्यपि, बिहीबार कम्पनीका प्रवक्ताले सीएनएनसँगको कुराकानीमा अमेरिकाको परीक्षणमा आफ्नो ‘हाफ डोज’ को ट्रायललाई पनि समावेश गर्ने योजना रहेको जानकारी दिए । यसमा करिब १० हजारको सहभागिता रहनेछ ।

प्रवक्ताले हाफ डोज भ्याक्सिनको ट्रायलमा कूल ४० हजार स्वयंसेवकलाई समावेश गर्ने कम्पनीको आशा भएको बताएका छन् । यसका लागि एफडीएसँग छलफल भइरहेको तर हालसम्म कुनै आधिकारिक घोषणा भइनसकेको उनले जानकारी दिए ।

गत शुक्रबार एफडीएका भ्याक्सिन्स एण्ड रिलेटेड बायोलोजिकल प्रोडक्ट एड्भाइजर कमिटीका सदस्यले डाटाको कमीबीच निकालिएको निष्कर्षले आफूहरुलाई निष्कर्षको महत्व बुझ्न मुश्किल भएको बताएका छन् ।

तेस्रो चरणको ट्रायलमा एस्ट्राजेनेकाले २३ सय सहभागीको विश्लेषण प्रस्तुत गर्यो ।

यसमा कतिलाई कोभिड–१९ को भ्याक्सिन दिइएको छ भने कतिलाई भाइरससँग सम्बन्धित नभएको भ्याक्सिन दिइएको बताइयो ।

सहभागीमध्ये कूल १३१ जनामा कोभिड–१९ देखिएको बताएपनि तीमध्ये कतिजनालाई भ्याक्सिन दिइएको थियो भनेर जानकारी दिइएको छैन ।

त्यस्तै, दुई भिन्न डोजमा यस्तो भिन्न प्रभाव कसरी देखियो भनेर पनि  स्पष्ट जानकारी दिइएको छैन ।

अक्सफोर्डमा ट्रायलका मुख्य अनुसन्धाता प्राध्यापक एन्ड्रू पोलार्डले सोमबार पत्रकारसँगको कुराकानीमा यसलाई रोगविरुद्धको प्रतिरक्षा प्रतिक्रियालाई सक्रिय गराउन र यसले नाजुक सन्तुलन स्थापित गरेको भनेर बुझ्नपर्ने बताएका छन् ।

‘हामीले भ्याक्सिनमार्फत् सधैँ मुर्ख बनाउने कोसिस गरिरहेका हुन्छौँ । हामीले हाम्रो प्रतिरोधी क्षमतालाई केही भयानक संक्रमण हुँदैछ है भनेर मुर्ख बनाइरहेका हुन्छौं र यसप्रति प्रतिक्रिया जनाउ भनेर सूचना दिइरहेका हुन्छौं । तर यो निकै सुरक्षित तवरले गर्नुपर्ने हुन्छ,’ पोलार्डले भने ।

 ‘त्यसैले सुरुमा रोग प्रतिरोधी क्षमतालाई सतर्क बनाउन सानो डोज दिँदा उपयुक्त हुन्छ त्यसपछि अलि बढी मात्रा दिँदा यसको प्रभावकारित बढी भएको हो,’ उनले भने ।

९० प्रतिशत सफलता हात लाग्नुको पछाडि थोरै व्यक्तिमा गरिएको परीक्षण त होइन भन्ने प्रश्नमा पोलार्डले भने, ‘यो जति पनि व्यक्तिमा गरिनेछ यसको प्रभावकारीता उच्च नै छ ।’

अमेरिकाको भ्याक्सिन सिजार मोन्सेफ स्लाओवियुले एस्ट्राजेनेकाको भ्याक्सिनको डाटालाई आफूहरुले रिभ्यू गरिरहेको बताएका छन् ।

सीएनएन

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप