बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

सुनको मूल्यमा सामान्य गिरावट, चाँदीको पनि घट्यो

शुक्रबार, १२ मङ्सिर २०७७, १२ : ०८
शुक्रबार, १२ मङ्सिर २०७७

नेपाली बजारमा शुक्रबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । पछिल्लो समय सुनको मूल्यमा  गिरावट हुँदै आएकोमा शुक्रबारपनि यो क्रमले निरन्तरता दिएको हो । 
सुनको मूल्य घट्दै जाने क्रममा साताको कारोबारको अन्तिम दिन छापावाल सुन तोलामा ९१ हजार ३०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

महासंघका अनुसार बिहीबार सुन तोलामा ९१ हजार ५०० रुपैयाँ प्रतितोलाका दरले कारोबार भएको थियो । 
यस्तै शुक्रबार तेजावी सुन तोलामा ९० हजार ८०० रुपैयाँमा कारोबार भएको छ।  

यसैबीच चाँदीको मूल्यमा पनि गिरावट आएको छ । बिहीबार तोलामा ११७५ रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार ११६५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी डेस्क
रातोपाटी डेस्क

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो  । 

लेखकबाट थप