शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अभिनेत्री रेखाको प्रश्न, ‘के राजनीति भनेको नामको खेल मात्र हो ?

शुक्रबार, १२ मङ्सिर २०७७, १० : ५९
शुक्रबार, १२ मङ्सिर २०७७

काठमाडौं । काठमाडौं महानगरपालीकाले रत्नपार्कको नाम फेरेर संखधर साख्वा उद्यान नामाकरण गरिसकेको छ । रत्नपार्कको नाम फेर्न हतार गरेको महानगरपालीकाले त्यही नजिक भात खानका लागि विहानदेखि कुर्ने गरिव निमुखालाई नदेखेको आरोप उसलाई लाग्दै आएको छ । 

नेपाली फिल्म क्षेत्रकी चर्चित अभिनेत्री अभिनेत्री रेखा थापाले पनि यस बारे प्रश्न उठाएकी छन् । उनले सामाजिक सञ्जाल मार्फत गरिव निमुखको बारेमा कसैले पनि कुरा नउठाएको बताएकी छन् । रत्नपार्कको नाम फेर्न हतारो गर्नेले त्यही नजिकका गरिब नदेखेको गुनासो उनको रहेको छ ।

उनले फेसबुकमा लेखेकी छन् ‘रत्नपार्कको नाम फेर्ने र जोगाउने ध्याउन्नमा लागि रहँदा, छेउको बसपार्कमा भुइमा बसेर खाना पर्खेको गरिव निमुखाको बारेमा बोल्ने कस्ले हो । ‘कि राजनीति भनेको नामको खेल मात्रै हो ? भनेर उनले  प्रश्न समेत उठाएकी छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप