एक वर्ष नपुग्दै बिग्रन थाले ट्राफिक लाइट, तस्बिरमा हेर्नुहोस्

काठमाडौँ । राजधानी काठमाडौँभित्र धेरै कुराहरुको समस्या त छँदैछ । त्यसमा पनि मुख्यतः बाटो अनि त्यहाँ गुड्ने सवारी साधनको व्यवस्थापन । राज्यले सडकमा जति नै लगानी गरे पनि चाहेअनुसारको प्रतिफल जनताहरुले पाउन सकेका छैन् ।
हजारौँ मात्रामा सडकमा मान्छे र सवारीको चापलाई नियमन गर्न राज्यले कराडौं पैसा खर्चेर राखिएका ट्राफिक लाइटहरु काम गर्न छाडेका छन् । उपत्यकाभित्र रहेका चाबहिल, मित्रपार्क, तिनकुने, थापाथलीलगायत शहरका मुख्य मुख्य चोकहरुमा लाइटहरुले काम गर्न छोडेका हुन् ।
केही समय काम गरेको जस्तो देखिएपनि लामो समयसम्म नटिक्ने पाइएको छ । ‘उपत्यकामा जडित अधिकांश ट्राफिक लाइटहरु एक वर्ष नपुग्दै बिग्रन सुरु भएको छ । बिग्रेको ट्राफिक लाइटहरुलाई मर्मत गरेर सञ्चालनमा ल्याउन आवश्यक छ,’ ट्राफिक महाशाखाका एक प्रहरी जवानले रातोपाटीसँग भने ।
एकपटक जडान गरेर छोडेपछि ट्राफिक लाइटको मर्मतसम्भार कहिले पनि नहुने ती जवानले बताए ।
यद्यपी थापाथलीमा पछिल्लो समय ट्राफिक लाइट सञ्चालनमा नभएपनि केही वर्षअघि थापाथलीको ट्राफिक लाइट सञ्चानमै थियो । निवर्तमान ट्राफिक प्रहरी प्रमुख एसएसपी भिम प्रसाद ढकालले उपत्यकाको अधिकांश चोकमा ट्राफिक लाइट सञ्चालनमा ल्याएपनि थापाथली चोकको चाहिँ ल्याउन सकेका थिएनन् ।
बाटोमा सवारी चालक बटुवाका लागि र ट्राफिक प्रहरीहरुकै सहजताका लागि राखिएका लाइटहरु बिर्गेपछि भने निकै असहजता उत्पन्न भएको छ ।
तस्बिरमा हेर्नुहोस बिग्रिएका ट्राफिक लाइटहरुको अवस्था
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
ढाकास्थित नेपाली दूतावासमा सेना दिवस र साहित्यिक महोत्सव सम्पन्न
-
भद्रपुर झापा गोल्डकप : दोस्रो सेमिफाइनलमा झापा ११ र भुटानको डागा युनाइटेड भिड्दै
-
स्पेनका लागि नेपालका राजदूत शनिल नेपालद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत
-
अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप : नेपाल र म्यानमारबिच आज उपाधि भिडन्त
-
पशुपतिनाथ क्षेत्रमा ४ हजार प्रहरी परिचालन, कहाँ–कहाँ छ पार्किङ सुविधा ?
-
इन्टनेटमा हेरेरै केराको खम्बाबाट कागज उत्पादन