शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

भारती सिंहलाई ड्रग्स दिने व्यक्ति पक्राउ, ‘डेलिभरी बोय’ बनेर गर्थे आपूर्ति

शुक्रबार, १२ मङ्सिर २०७७, ०७ : २३
शुक्रबार, १२ मङ्सिर २०७७

ड्रग्स मामिलामा पक्राउ परेका हास्यकलाकार भारती सिंह र हर्ष लिम्बाचिया जमानतमा रिहा भएका छन् । नारकोटिक्स कन्ट्रोल ब्यूरोको छापामारी उनको घर र कार्यालयबाट गाँजा भेटिएको सोधपुछको क्रममा आफूहरुले गाँजा सेवन गर्ने गरेको स्विकार गरेपछि उनीहरुलाई पक्राउ गरिएको थियो ।

भारती र हर्षसम्म ड्रग्स पुर्याउने  कारोबारीलाई एनसीबीले बुधबार पक्राउ गरेको छ । 

मुम्बईका बान्द्रा कोर्ट जक्सनले बुधबार राती सुनिल गवाई नामका लागुऔषध कारोबारीलाई पक्राउ गरेको हो । उनीसँग १.२५० किलो ड्रग्स पनि बरामद भएको छ । सोधपुछको क्रममा सुनिल आफैंले डेलिभरी ब्वई बनेर लागुऔषध ओसार पसार गर्ने गरेको बताए । 

प्रहरीको निगरानीबाट बच्न सुनिल सधैं फूड डेलिभरी बन्ने गर्दथे । तर यसपटक एनसीबीले पूरा तयारीसहित जाल बिछ्याए र उनलाई आफ्नो गिरफ्तमा लिए । सुनिलले भारती सिंहलाई पनि आफूले ड्रग सप्लाई गर्ने जानकारी दिए । आरोपी कारोबारीको नेटवर्क पश्चिमी मुम्बईमा धेरै सक्रिय थियो । उनको धेरैजसो ग्राहक पनि त्यसै इलाकाका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप