बेलायतका प्रधानमन्त्रीलाई आठ वर्षीय बालकको प्रश्नसहितको पत्र भयो भाइरल
एजेन्सी । कोरोना महामारीसँग जुधिरहेको बेलायतमा यसबेला ८ वर्षीय बालकको चिठी भाइरल भैरहेको छ । मोन्टी नामका यी बालकले बेलायती प्रधानमन्त्री बोरिस जोनसनलाई यो वर्ष क्रिसमसका दिन सान्टा क्लाउज उपहार लिएर आउछन् कि आउँदैन् भनी चिठी लेखेका छन् । त्यसको प्रतिउत्तरमा प्रधानमन्त्री जोनसनले क्रिसमसका दिन सान्टा क्लाउज बालकका लागि उपहार दिन तयार रहेको र त्यो काम गर्न कुनै कुराले रोक्न नसक्ने बताएका छन् । जोनसले ट्वीटरमा मोन्टीको चिठी शेयर समेत गरेका छन् ।
चिठीमा मोन्टीले लेखेका छन्ः ‘म सोचिरहेको थिए कि तपाई र तपाईको सरकारले क्रिसमसको दिनमा सान्ता क्लाउजको बारेमा सोच्नुभएको छ ?’ प्रधानमन्त्री जोनसनले जवाफ दिएका छन्ः ‘मैले यस्ता धेरै पत्रहरु पाएको छु । मैले विज्ञहरुसँग कुरा पनि गरेको छु र म तपाईलाई आश्वासन दिन्छु कि निश्चित रुपमा यो क्रिसमसमा सान्टा क्लाउज गिफ्ट लिएर आउँछन् ।’ मोन्टीले पत्रमा प्रश्न गरेका छन्ः ‘ यो महामारीमा सान्टा क्लाउजले ह्यान्ड सेनिटाइजरका साथ कुकीहरु ल्याउला वा सुरक्षाको लागि आफ्ना हात पनि धोएको हुन्छ त ? मलाई थाहा छ तपाई एकदम व्यस्त हुनुहुन्छ । तर के तपाईले र वैज्ञानिकहरुले यसबारे पनि केही सोच्नुभएको छ ?’
त्यस्तै प्रधानमन्त्री जोनसनले उक्त पत्रको जवाफमा लेखेका छन्ः ‘तपाईको चिठीका लागि धन्यवाद । तपाईले एक धेरै महत्वपूर्ण प्रश्न सोध्नुभएको छ । मलाई थाहा छ, बाँकी बालबालिकाहरुको पनि त्यस्तै प्रश्न हुनेछन् । म तपाईलाई बताउन चाहान्छु कि मैले उत्तरी धु्रवमा फोन गरेको छु । र भन्न सक्दछु कि फादर क्रिसमस (सान्टा क्लाउज) आउन तयार छ ।’
सान्टा सुरक्षित रहेको बच्चाहरुलाई कुनै खतरा नभएको समेत प्रधानमन्त्रीले नवाफमा भनेका छन् । बोरिसले लेखेका छन्ः ‘मेडिकल अफिसरहरुले मलाई फादर क्रिसमस सामान्य रुपमा आउँछन् र उनीहरु सुरक्षित रहनेछन् भनेर बताएका छन् । तपाईहरुलाई उनीहरुले धम्क्याउने छैनन् । हातमा सेनिटाइजर हुनेछ । यसले भाइरसलाई फैलाउनबाट बचाउँछ । साथै हात धुनका लागि तपाईलाई र तपाईका साथीहरुलाई मद्दत गर्छ । यो राम्रो बानी हो । पुनः धन्यवाद ।’
सान्टा क्लाउज इसाई संस्कृतिमा जन्मिएको एक पौराणिक कथा र त्यसको पात्र हो । भनिन्छ, जसले क्रिसमस डे (२ डिसेम्बर) को रात वा क्रिसमस डे को बिहान बालबालिकाहरुलाई घर घरमा उपहार ल्याइदिन्छन् । कोरोना महामारीको चर्को प्रभाव परेको बेलायतमा ती बालकले सो कथावस्तुमा केन्द्रीत रहेर प्रधानमन्त्री जोनसनलाई चिठी लेखेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकपछि अर्को कार्यवाहकको अभ्यासमा रास्वपा !
-
भारतीय कारको ठक्करबाट स्कुटर चालकको मृत्यु
-
बागमतीमा सर्वदलीय बैठक : विकास योजना कार्यान्वयन गर्न सरकारलाई आग्रह
-
सरकारी वकिल कार्यालय फौजदारी न्याय प्रणालीको मेरुदण्ड हो : प्रधानन्यायाधीश राउत
-
दुई पालिकाका १२ नम्बर वडाका दुई जना वडाध्यक्ष एकैदिन पक्राउ !
-
फूलचोकीको जंगलमा हराएका १३ जना सम्पर्कमा