सत्य-स्वरुपले बनाए कवाली शैलीको रोमान्टिक गीत
काठमाडौं । गायक तथा संगीतकार दाजुभाईद्धय सत्यराज र स्वरुपराज आचार्यको स्वर तथा संगीत रहेको ‘मैसाबले घाइते दिलमा आरा चलाइस्यो’ गीत म्युजिक भिडियोसहित सार्वजनिक भएको छ । कवाली फ्लेवरको गीतमा राजखानदानमा प्रयोग हुने उच्च आदरार्थी शब्दहरुको प्रयोग भएको छ ।
गीतको भिडियो दरबारिया शैलीमा निर्माण गरिएको छ । जसको निर्देशन कविराज गहतराजले गरेका हुन् । बिवाहका लागि राजकुमारीलाई हेर्न पुगेका दुई राजकुमारको प्रवेशपछि दरबारमा चलेको कवाली भिडियोमा कथाको रुपमा देखाउन खोजिएको छ ।
भिडियोमा चक्लेटी हिरो पल शाह दोहोरो भूमिकामा छन् । पलले राजकुमार दाजुभाईको भूमिकामा अभिनय र नृत्य गरेका छन् । भिडियोमा राजकुमारीको भूमिका छुकिला शेर्पाले निर्वाह गरेकी छन् । उनी नव मोडल हुन् । होटल याक एण्ड यतीमा छायाँकन भएको भिडियोमा कोरस कलाकारलाई समेत आकर्षक ढंगले प्रस्तुत गरिएको छ, भने गायक दाजुभाई सत्यराज र स्वरुपराजले समेत कवाली गाउँदै गरेको भिडियोमा देखाइएको छ ।
सुदीप बरालको छायाँकन र अर्जुन जिसीको सम्पादन भिडियोमा छ । गीतमा शब्द अमृत खतिवडा (भाञ्जा भाई) तथा सत्यराज र स्वरुपराज आचार्यकै छ । भिडियोमा कोरियोग्राफी दीपकराज सुनारले गरेका हुन् । गीत केही अगाडिको अमेरिका सांगीतिक यात्राका क्रममा बनाएको गायक तथा संगीतकार स्वरुपराज आचार्यले बताए । कवाली गजल टाइपको कम्पोज रहेको गीत आफुहरुले लामो समयपछि ल्याएको भएकोले यसमा मास र क्लासलाई ध्यान दिएको स्वरुपराजको भनाई रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आत्मकथा किताब बेचेर कारखाना सञ्चालन गर्दै महावीर पुन
-
डुङ्गाभित्र नब्बे किलो सिक्का !
-
म्याग्दीमा मगरात सभ्यताको अध्ययन अनुसन्धान गरिने
-
उपनिर्वाचनमा पैसा बाँड्नेलाई कारबाही हुन्छ : गृहमन्त्री लामिछाने
-
कम्युनिस्ट पार्टीमा आलोचनात्मक विचारलाई रोक लगाइयो : राम कार्की
-
सत्ताका लागि जे पनि गर्ने प्रवृत्तिले कम्युनिस्टप्रतिको विश्वास घट्यो : रावल