जनकपुरमा महिलाको शव फेला

जनकपुर । जनकपुरधाममा एक मृत महिलाको शव फेला परेको छ । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर वडा ७ स्थित बेलाकुट्टीमा रहेको स्थानीय सुरेश साहको घरमा डेरा लिई बस्ने राजेश चौरसियाकी २२ वर्षीया श्रीमती रेखा चौरसिया बिहीबार मृत अवस्थामा फेला परेको प्रहरी नायब उपरिक्षक मकेन्द्र मिश्रले जानकारी दिए ।
बारा कलैया घर भई हाल जनकपुरमा डेरा लिई बस्दै आएकी रेखाको कर्तव्य गरि ज्यान मारेको हुनसक्ने आशंका गरिएको धनुषाका प्रवक्ता समेत रहेका प्रहरी नायव उपरिक्षक मिश्रले बताए । उनले मृतक महिलाको शव हेर्दा हत्या भएको हुनसक्ने अनुमान गरिएको बताए । प्रहरी नायब उपरिक्षक मिश्रले भने– ‘शवको प्रकृति हेर्दा हत्या भएको जस्तो देखिन्छ । हामी अनुसन्धान गर्दैछौँ ।’
मृतक र मृतकका श्रीमान दुवै सँगै बस्दै आएका थिए । घटना पछि मृतकका श्रीमान राजेश भने फरार रहेको र उनको खोजी जारी रहेको प्रवक्ता मिश्रले बताए । घटनाका बारेमा थप अनुसन्धान भैरहेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढ्यो कोशी प्रदेशको आम्दानी, सञ्चित खातामा ५ अर्ब ६२ करोड ७५ लाख
-
आइतबारदेखि काठमाडौँ उपत्यकाको तापक्रम घट्ने
-
महाभूकम्पको १० वर्षमा यस्तो बन्यो वसन्तपुर क्षेत्र (तस्बिरहरू)
-
सम्झौताको सात वर्षसम्म फिर्केमा पुल नबनेपछि ठेक्का तोडियो
-
बजेट अधिवेशन आजबाट सुरु हुँदै, प्रधानमन्त्रीले सम्बोधन गर्ने, के के छन् कार्यसूचीमा ?
-
आज भूकम्प स्मृति दिवस, विभिन्न कार्यक्रमका साथ मनाइँदै