शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्री ओलीकै नेतृत्वमा समृद्धिको सपना पूरा हुनेछः  राज्यमन्त्री मानन्धर

बिहीबार, ११ मङ्सिर २०७७, १८ : १०
बिहीबार, ११ मङ्सिर २०७७

काठमाडौं । शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले प्रधानमन्त्री केपी शर्मा ओलीकै नेतृत्वमा जनताको समृद्धिको सपना पूरा हुने बताएका छन् । फोकस नेपालले आज आयोजना गरेको ‘कोरोना नियन्त्रणमा सरकार र नागरिक समाजको भूमिका’ विषयको अन्तक्र्रियामा राज्यमन्त्री मानन्धरले जनताले विश्वास गरेर ओली नेतृत्वमा सरकार बनाउन नेकपालाई जिम्मा दिएको बताउँदै आगामी दुई वर्षमा चुनावी घोषणापत्र र जनतासँग गरिएको प्रतिबद्धतानुसार वर्तमान सरकारले काम गर्ने विश्वास दिलाए । 

सत्तारुढ नेकपामा देखिएको विवाद समाधानका लागि शीर्ष नेताहरु लागिपरेको बताउँदै केही दिनभित्रै कार्यकर्तामा उत्साह भर्ने गरी निर्णय आउने  ठोकुवा उनले गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप