शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

सेयर बजारमा एकैदिन दुई रेकर्डः अधिकांश कम्पनी घट्दा बजार बढ्यो

बिहीबार, ११ मङ्सिर २०७७, १६ : १७
बिहीबार, ११ मङ्सिर २०७७

काठमाडौं । बिहीबारको सेयर कारोबारले एकैदिन दुईवटा रेकर्ड राखेको छ । अहिलेसम्मकै सबैभन्दा बढी अंकमा पुगेर बन्द भएको नेप्सेले सोही दिन इतिहासकै सबैभन्दा बढी कारोबार भएको रेकर्ड समेत बनाएको हो । दैनिक नयाँ रेकर्ड बनाउँदै आएको नेप्सेमा बिहीबार भने दोहोरो रेकर्ड बनाउन सफल भएको हो । 

साताको अन्तिम दिन बिहीबार १८.४३ अंकले बढेर १ हजार ८ सय ९३ अंकमा रोकियो । योसँगै बजारमा ७ अर्ब ६१ करोड रुपैयाँको कारोबार हुन सफल भएको हो । आजको बजारलाई पूर्ण रुपमा बैंकिङ समूहकै वर्चस्व रहेको थियो । बजारमा १२ उपसूचकमध्ये ७ वटामा गिरावट आउँदा पनि समग्र बजार परिसूचक १८ अंकले बढ्न सफल भएको हो । 

बैंकिङ क्षेत्रको नियन्त्रणमै बजार रहे पनि सर्वाधिक कमाउने कम्पनी भने एनएमबी म्युचुल फण्ड, पाँचथर पावर, हिमालयन उर्जा, आँखुखोला जलविद्युत् लगायतका कम्पनी भए । नबिल बैंक, कुमारी बैंक लगायतको नाफा समेत उल्लेख्य नै रह्यो । बिहीबार १ सय १७ वटा कम्पनीको मूल्य घटेको थियो । ७ वटा कम्पनीको मूल्य यथावत हुँदा ४८ वटा कम्पनीको कम्पनीको मूल्य मात्रै बढेको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप