सेयर बजारमा एकैदिन दुई रेकर्डः अधिकांश कम्पनी घट्दा बजार बढ्यो
काठमाडौं । बिहीबारको सेयर कारोबारले एकैदिन दुईवटा रेकर्ड राखेको छ । अहिलेसम्मकै सबैभन्दा बढी अंकमा पुगेर बन्द भएको नेप्सेले सोही दिन इतिहासकै सबैभन्दा बढी कारोबार भएको रेकर्ड समेत बनाएको हो । दैनिक नयाँ रेकर्ड बनाउँदै आएको नेप्सेमा बिहीबार भने दोहोरो रेकर्ड बनाउन सफल भएको हो ।
साताको अन्तिम दिन बिहीबार १८.४३ अंकले बढेर १ हजार ८ सय ९३ अंकमा रोकियो । योसँगै बजारमा ७ अर्ब ६१ करोड रुपैयाँको कारोबार हुन सफल भएको हो । आजको बजारलाई पूर्ण रुपमा बैंकिङ समूहकै वर्चस्व रहेको थियो । बजारमा १२ उपसूचकमध्ये ७ वटामा गिरावट आउँदा पनि समग्र बजार परिसूचक १८ अंकले बढ्न सफल भएको हो ।
बैंकिङ क्षेत्रको नियन्त्रणमै बजार रहे पनि सर्वाधिक कमाउने कम्पनी भने एनएमबी म्युचुल फण्ड, पाँचथर पावर, हिमालयन उर्जा, आँखुखोला जलविद्युत् लगायतका कम्पनी भए । नबिल बैंक, कुमारी बैंक लगायतको नाफा समेत उल्लेख्य नै रह्यो । बिहीबार १ सय १७ वटा कम्पनीको मूल्य घटेको थियो । ७ वटा कम्पनीको मूल्य यथावत हुँदा ४८ वटा कम्पनीको कम्पनीको मूल्य मात्रै बढेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
-
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण