साँस्कृतिक र धार्मिक केन्द्रहरु जोगाउने दायित्व सबैको होः मन्त्री भट्टराई

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले साँस्कृतिक र धार्मिक केन्द्रहरु जोगाउने दायित्व सबैको भएको बताएका छन् । मावन सभ्यताको विकासको प्रतिकका रुपमा रहेका सम्पदाहरुको संरक्षण र सम्वद्र्धनमा सबै मिलेर अगाडी बढ्नुपर्नेमा उनले जोड दिए । नेपालमा रहेका मठमन्दिर, गुम्बा र चैत्यहरु नेपालको मानव जाति र सभ्यताका प्रतिकहरु रहेको उल्लेख गर्दै उनले ऐतिहासिक ठाउँहरुको विकासमा सबै एकजुट भएर अगाडी बढ्नुपर्ने बताए ।
चतुव्र्यूह नारायण मन्दिर नारायणहिटीद्वारको उद्घाटन कार्यक्रममा उनले भने, ‘‘नेपालमा जतिपनि मन्दिरहरु छन् । सांस्कृतिक, धार्मिक केन्द्रहरु, मठ मन्दिरहरु, गुम्बा, चैत्यहरु छन् ती सबै नेपालको मानव जातिका, मानव सभ्यताको विकासका प्रतिकहरु हुन् । हामी लिच्छविकालमा कस्तो थियौँ । मल्लकालमा कस्तो थियौँ भन्ने कुरा यी मन्दिरहरु, ऐतिहासिक ठाउँहरुले देखाउँछन् । ऐतिहासिक ठाउँहरुको संरक्षण र संवद्र्धन गरी युगयुगसम्म पनि बनाउनुपर्ने दायित्व हामी सबैको हो ।’’
प्रतिनिधिसभा सदस्य गगन थापाले नागपोखरी–भगवती बहाल क्षेत्रलाई नारायणहिटी संग्रहालयसँग राखेर विकास गर्नुपर्ने बताए । एउटै ‘प्याकेज’ मा यी क्षेत्रहरुको विकास गर्न सके पर्यटकहरुलाई आकर्षित गर्न सकिने उनले बताए ।
आज हरिबोधनी एकादशीको अवशरमा नारायणहिटीद्वारको उद्घाटन गरिएको हो । मन्त्री भट्टराईसँगै, सांसद थापा, भिमसेनदास प्रधान, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख सुशील ज्ञवाली, नारायणहिटी दरबार संग्रहालयका प्रमुख भेषराज दाहाल लगायतको उपस्थिति रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालको विजयी सुरुवात, यूएई पाँच रनले पराजित
-
विद्यालय शिक्षा विधेयकका ९१ दफामा सहमति जुट्यो
-
एनआरएनको प्रतिनिधि सबैले जुनसुकै पदमा उम्मेदवार दिन सक्ने
-
वीरगञ्जमा उत्पन्न विवाद समाधान
-
ज्वालालाई ३ दिनभित्र बयानका लागि उपस्थित हुन सर्वोच्चको आदेश
-
सहकार्यमा धोका भएको भन्दै एमाले निकट ११ उम्मेदवारले लिए उम्मेदवारी फिर्ता