शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

पोखराबाट गाँजासहित ३ जना पक्राउ

बिहीबार, ११ मङ्सिर २०७७, १५ : १५
बिहीबार, ११ मङ्सिर २०७७

पोखरा । कास्कीमा गाँजासहित तीन जना पक्राउ परेका छन् । लागू औषध कारोबार भइरहेको छ भन्ने गोप्य सूचनाको आधारमा खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कास्की मातहत इलाका प्रहरी कार्यालय हशंपुरको मुकाम शिसुवा डाँडाकोनाकबाट खटिएको प्रहरी टोलीले हिजो बेलुकी साढे ४ बजे पोखरा महानगरपालिका वडा नम्बर ३१ नहरचोकबाट समातेको थियो । झोला भित्र लुकाएर राखेको गाँजा १ किलो १ सय ग्राम, मोबाइल २ थान र नगद ३ हजार ७ सय रुपैयाँ बरामद गरेको  प्छहरीले जनाएको छ ।

पक्राउ पर्नेहरुमा पोखरा महानगरपालिका वडा नम्बर ३१ किमबेशी बस्ने २६ वर्षीय जीवन भुजेल, रुपा गाउँपालिका वडा नम्बर ७ स्याक्लुङ बस्ने २६ वर्षीय रुबिन गुरुङ र पोखरा महानगरपालिका वडा नम्बर ३१ लामागाउँ बस्ने १७ वर्षीय युवक रहेका छन् । उनीहरुमाथि कारबाही प्रक्रिया अघि बढाइएको कास्की प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप