शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

अभिनेत्री श्वेताविरुद्ध २ करोडको मानहानी मुद्दा

बिहीबार, ११ मङ्सिर २०७७, १४ : २३
बिहीबार, ११ मङ्सिर २०७७

मुम्बई । भारतीय टिभीकी चर्चित अभिनेत्री श्वेता तिवारी अक्सर चर्चामा रहने गर्दछिन् । पछिल्लो समय पनि उनी चर्चामा छिन् । यो पटक उनको चर्चाको विषय पूर्व कर्मचारी राजेश पाण्डे भएका छन् । राजेशले उनलाई धोका दिएको आरोप लगाउँदै २ करोड (भारतीय रुपैयाँ)को मानहानीको मुद्दा समेत हालेका छन् ।

करिब एक महिना अगाडि पनि राजेशले अभिनेत्री तिवारीलाई ५२ हजार नदिएको आरोप लगाएका थिए । अहिले त्यही मामला निकै अगाडि पुगेर २ करोडको केस दर्ता भएको हो । ‘विगत दुई वर्षदेखि मैले धेरै मेन्टलटर्चर ब्यहोरिरहेको छु’ राजेशले भने–‘एक कुरो उनले पैसा पनि दिएकी छैनन् ।

अर्काे कुरो पब्लिसिटी स्टन बनाएको आरोप समेत लगाइएकी छन् । यसको ममा धेरै नराम्रो प्रभाव परेको छ ।’ ‘मैले श्वेता विरुद्ध २ करोडको मानहानी केस गरेको छु । कानुनी पेपर समेत उनीसँग पुगिसकेको छ । उनको भने केही जवाफ आएको छैन’ राजेशले थपे ।

राजेशले अभिनेत्रीको एक्टिङ स्कुलमा टिचरको काम गरेका थिए । राजेशले आफुले २ वर्षदेखि पैसाको लागि सम्पर्क कोसिस गर्दा पनि श्वेताले रेस्पोन्स नगरेको समेत बताएका छन् । श्वेताले पैसा नदिएको कारण आफुले घरभाडा समेत तिर्न नसकेको राजेशको भनाई रहेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप