शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

भारती सिंहले कपिल शर्माको शोमा गायिका नेहा कक्कडको मजाक उडाइन्

बिहीबार, ११ मङ्सिर २०७७, १४ : ०४
बिहीबार, ११ मङ्सिर २०७७

ड्रग्स मामिलामा पक्राउ परेकी हास्यकलाकार भारती सिंह र उनका श्रीमान् हर्ष लिम्बाचियाले जमानत पाएका छन् । नारकोटिक्स कन्ट्रोल ब्यूरोको छापमारीमा उनीहरुको घर र कार्यालयबाट ८६.५ ग्राम गाँजा बरामद गरिएपछि उनीहरुलाई पक्राउ गरिएको थियो । 

यस्तै, भारती सिंह एकपटक पुनः कपिल शर्मा शोमा देखिइन् । भारतीले शोमा गायिका नेहा कक्कडको मजाक उडाइन् । कपिल शर्माको यो एपिसोड भारतीको गिरफ्तारी अघि सुट भएको थियो र उनको गिरफ्तारी भएको केही घण्टापछि प्रशारण भएको थियो । कार्यक्रममा भारतीले हिमेश रेश्मिया, विशाल ददलानीसमेत आदित्य नारायणको स्वागत गरिरहेकी थिइन् । जब उनले नेहा कक्कडबारे कुरा गर्दै उनी कहाँ छिन् भनेर सोधिन् र उनको उचाईको मजाक उडाइन् । 

उनले हिमेश, विशालसमेत आदित्यलाई सोधे, ‘तपाईं इन्डियन आइडलबाट आउनुभएको छ । उनी कहाँ छिन् ? नेहा कक्कड ?’ र नजिकै रहेको केरामा उनलाई खोजेको अभिनय गर्न थालिन् । आदित्य नारायणले भारतीलाई उनको भर्खरै विवाह भएको बताए । यसमा उनले टिप्पणी गर्दै भनिन्, ‘हो, मैले सोसल मिडियामा उनको कोठाको भिडियो हेरेकी थिएँ जसलाई फूलले सजाइएको थियो ।’

त्यसपछि उनले ठट्यौली पारामा भनिन्, ‘उनी आफ्नो श्रीमानसँग मिलेर मेरो र मेरा श्रीमान् हर्षको उद्घोषणको काम खोज्ने कोसिस गरिरहेकी छिन् ।’
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप