शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

हरिबोधनी एकादशीका दिन पशुपतिमा जे देखियो, तस्बिरमा हेर्नुहोस्

बिहीबार, ११ मङ्सिर २०७७, १३ : ३५
बिहीबार, ११ मङ्सिर २०७७

आज हरिबोधनी एकादशी । हिन्दु धर्मावलम्बीले आज ब्रत बसी भगबान विष्णुको पुजाआजा गरी  मनाउने गर्छन्  ।  यस्तै आजको दिन घरघरमा रोपिएको तुलसीको विवाह गरी भगवान स्वरुप स्वरुप मानिने वर र पिपलको पनि पुजा गरिने प्रचलन छ । 

यस्तैमा राजधानीको पशुपतिनाथ परिसरको बागमती नदीमा भक्तजनहरुले एकादशीकै दिन पारेर तोरण टाँगेका छन् । मरोणेपरान्त बैकुण्ठ बास होस् र आफ्नो परिवारलाई राम्रो होस् भन्ने कामनाका साथ तोरण टाग्ने प्रचलन रहेको छ ।  आजै बेलुका घरघरमा भजन किर्तन गरी जागराम बस्ने चलन समेत रहेको छ । 

 आषाढ शुक्ल एकादशीका दिन क्षीरसागरमा शयन गर्ने भगवान् विष्णु यसै दिन जागा हुने शास्त्रीय मान्यता छ । 
वैदिक पात्रोमा उल्लेख गरिने १६ तिथिमध्ये एकादशीलाई महत्वपूर्ण तिथिका रुपमा मनाइन्छ । हरिबोधनी एकादशीलाई ठूलो एकादशी पनि भनिन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण खड्का
कृष्ण खड्का

कृष्ण खड्का फोटो पत्रकार हुन् ।

लेखकबाट थप