त्रिविको उत्तरपुस्तिका धुल्याएको विषय छानविन गर्न समिति गठन

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले ‘कसुरदार जोगाउन’ उत्तरपुस्तिका धुल्याएको दावी गरिएको विषय छानविन गर्न समिति गठन गरेको छ । स्नातकोत्तर तहको विज्ञान विषय क्वान्टम मेकानिक्स प्रथम सेमेष्टरको प्रश्न पाठ्यक्रम बाहिरबाट आएको हुनाले सो परीक्षा बदर गर्न माग गर्दै अख्तियार, राष्ट्रिय सतर्कता केन्द्र र प्रहरीमा पनि उजुर गरिएको थियो । तर, राष्ट्रिय सतर्कता केन्द्र र सूचना आयोगको निर्देशन विपरित उत्तरपुस्तिका नष्ट गरिएको थियो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्देशनमा त्रिविले प्रा.डा.ओमप्रसाद बरालको नेतृत्वमा छानविन समिति गठन गरेको छ । समितिमा प्रा.डा.शंकरप्रसाद भण्डारी र सह–प्राध्यापक अखिलेशकुमार सिंह सदस्य छन् । त्रिभुवन विश्वविद्यालयका अनुगमन दिर्नेशनालयका कार्यकारी निर्देशक प्रा.डा. विष्णुप्रसाद खनालले छानविन समिति गठन गरिएको रातोपाटीलाई बताए । खनालले भने– ‘छानविन समितिलाई ७ दिनको सयमसीमा तोकिएको छ ।’
तत्कालीन रेक्टर प्रा.डा सुधा त्रिपाठीले गठन गरेको समितिले ४५ पूर्णाङ्कको परीक्षामा ४० अंकको प्रश्न पाठ्यक्रम बाहिरबाट आएको निष्कर्ष सहितको प्रतिवदेन ०७६ वैशाख २४ मा त्रिविमा बुझाएको थियो । सो प्रतिवेदन अख्तियारमा पठाइएको छैन् ।
पाठ्यक्रम बाहिरबाट प्रश्नपत्र निकालेर त्रिविका पदाधिकारीले ‘सेटिङ’मा ६५ प्रतिशत भन्दा बढी विद्यार्थि उत्तिर्ण गराएको आरोप लाग्दै आएको छ । असन्तुष्ट विद्यार्थीहरुले सो परिक्षा रद्ध गर्नुपर्ने माग गरिरेका छन् । तर, त्रिविले सत्यतथ्य छानविनमा आलटाल गर्दै आएको छ । ०७७ असोज २ मा अख्तियारले सो विषय छानविन गरेर प्रतिवेदन बुझाउन त्रिभुवन विश्वविद्यालयलाई निर्देशनात्मक आदेश दिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भूमिहीनलाई व्यवस्थित गर्न पालिका सक्रिय
-
चेन्नईविरुद्धको खेल पञ्जाबको पञ्जामा, एकाएक चम्किए कप्तान अय्यर
-
१२ बजे, १२ समाचार : अभिनेत्री सुरक्षा पन्तको प्रतिरक्षा गर्दै राजावादीलाई प्रधानमन्त्रीको व्यंग्यदेखि धारामा पानी थापेको आरोपमा दलित युवतीमाथि कुटपिटसम्म
-
सरकार र शिक्षकबिच वार्ताको त्यो ७ घण्टा
-
युक्रेनले अमेरिकासँग छिट्टै खनिज सम्झौता गर्ने
-
सुरक्षाको बचाउ गर्दै प्रधानमन्त्रीले भने - राजावादीले कस्तो सहनै नसकेको होला