शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

विशाललाई खास लाग्न थाल्यो सरिता

बिहीबार, ११ मङ्सिर २०७७, १२ : ५८
बिहीबार, ११ मङ्सिर २०७७

काठमाडौं । गायक तथा संगीतकार विपिन घिमिरेको नयाँ गजल गीत ‘खास लाग्न थाल्यौं’को भिडियो सार्वजनिक भएको छ । रोमान्टिक शैलीको गजलमा शब्द नारायणप्रसाद सापकोटाले कोरेका हुन् । जसको संगीत संयोजन किरण कँडेलले गरेका छन् । 

गीतको भिडियोमा भने अभिनेता विशाल पोखरेल र सरिता भारतीको रोमान्स रहेको छ । एक युवा र युवतीको प्रेम प्रसंग भिडियोले पनि प्रस्तुत गरेको छ । रामशरण उप्रेतीको छायाँकन, बीरेन्द्र भाट ‘बिपिन’को सम्पादन रहेको भिडियो डब्बु क्षत्रीले निर्देशन गरेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप