शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नर्सिङ लाइसेन्स परीक्षा शनिबार काठमाडौँमा मात्रै सञ्चालन हुने

बिहीबार, ११ मङ्सिर २०७७, १२ : ५६
बिहीबार, ११ मङ्सिर २०७७

नर्सिङ लाइसेन्स परीक्षा आगामी शनिबार हुने भएको छ । मङ्सिर १३ गते हुने दर्ता प्रमाणपत्र लाइसेन्सको परीक्षामा काठमाडौँ उपत्यकामा मात्रै परीक्षा केन्द्र सीमित हुने भएको छ । नर्सिङ लाइसेन्स परीक्षामा कोरोनाभाइरस महामारीको कारण परीक्षा फारम भर्नेको संख्या जम्मा १ हजार ३३८ जना रहेको छ ।

३ हजारदेखि ३५ सय जनासम्म परीक्षार्थी सहभागी हुने काउन्सिलले अनुमान गरे पनि कोरोना महामारीका कारण तुलनात्मक रुपमा कम रहेको नर्सिङ काउन्सिलले जनाएको छ । नर्सिङ लाइसेन्सको परीक्षा केन्द्र काठमाडौंका तीन स्थानमा परीक्षा केन्द्र राखिने भनिए पनि कहाँ भन्नेबारे नेपाल नर्सिङ काउन्सिलले खुलाएको छैन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप