शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

‘बब विश्वास’ मा अभिषेक बच्चनलाई चिन्न मुश्किल, सार्वजनिक भयो सुटिङको तस्बिर

बिहीबार, ११ मङ्सिर २०७७, १२ : ५५
बिहीबार, ११ मङ्सिर २०७७

बलिउड अभिनेता अभिषेक बच्चन नयाँ थ्रिलर फिल्म ‘बब विश्वास’ को सुटिङ गरिरहेका छन् । अभिषेकले कोलकातामा पुनः सुटिङ सुरु गरेका छन् र डिसेम्बर ९ सम्म ‘बब विश्वास’ सँग एक्सनमा रहनेछन् । फिल्मको निर्माण गौरी खान, सुजोय घोष र गौरव वर्माले गरेका हुन् र निर्देशनको कमान अन्नपूर्णा घोषले सम्हालेका छन् । फिल्ममा अभिषेकबाहेक चित्रांगदा सिंहको पनि महत्वपूर्ण भूमिका छ । 

फिल्मको सेटका केही तस्बिर इन्टरनेटमा छाएका छन् । यी नयाँ तस्बिरमा अभिषेक बच्चनलाई पहिचान गर्न मुश्किल भएको छ । यहाँ हेर्नुहोस् अभिषेकको नयाँ लुक ।

कोरोना संक्रमण्का कारण सिनेमाघरमा रिलिज हुनका लागि बनेको उनको फिल्म ‘लूडो’ नोभेम्बर १२ मा नेटफ्लिक्समा रिलिज भएको छ । यो फिल्ममा उनी बिट्टुको भूमिकामा देखिएका छन् । लूडोमा बिट्टुको भूमिका निकै रिसाहा छ । उनको फिल्म ‘लूडो’ ले प्रशंसकसहित फिल्म इन्डष्ट्रिका साथीहरुले पनि निकै माया गरेका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप