छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी ७ जनाको मृत्यु
काठमाडौं – देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा परी ७ जनाको मृत्यु भएको छ ।
चितवन, धनुषा, मकवानपुर, सर्लाही, काभ्रे र झापाका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी ७ जनाको मृत्यु भएको हो ।
चितवन, ईच्छाकामना गाउँपालिका-४ स्थित सडकमा प्युठानबाट बिरामी लिएर काठमाडौंतर्फ जाँदै गरेको लु १ च ९७३१ नम्बरको पिकअप भ्यान सडकबाट अन्दाजी ६० मिटर तल त्रिशुली नदीमा बिहीबार बिहान खसेर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेहरुमा भ्यानका चालक प्युठान झिम्रुक गाउँपालिका–१ बस्ने २३ वर्षीय सूर्य केसी र भ्यानमा सवार सोही ठाउँ बस्ने ३३ वर्षीया जमुना रोक्का रहेका छन् । साथै दुर्घटनामा बेपत्ता भएकी जमुना रोक्काकी बिरामी छोरी १५ वर्षीया जिनिसा रोक्काको प्रहरीले खोजी गरिरहेको छ ।
दुर्घटनामा घाइते भएका भ्यानमा सवार प्युठान झिम्रुक गाउँपालिका बस्ने ३८ वर्षीय मुकुन्द बहादुर रोक्कालाई उपचारको लागि पुरानो मेडिकल कलेज भरतपुरतर्फ पठाइएको छ । उक्त गाडी हुक लगाएर पानीबाट निकाल्ने प्रयास भइरहेको छ ।
धनुषा, शहिदनगर नगरपालिका-६ हठिपुर गाउँस्थित सडकमा ज १ त ९३१२ नम्बरको ट्याक्टरको ठक्करबाट सोही ठाउँ बस्ने ३५ वर्षीय रोशन दासको बुधबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१९ सान्नानटारस्थित सडकमा बा ९६ प ५३९३ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री मनहरी गाउँपालिका-३ हाडिखोला बस्ने ३५ वर्षीय कान्छा बिकको बुधबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सर्लाही, ईश्वरपुर नगरपालिका-५ डाका चोकमा ज १ त ३४९० नम्बरको ट्याक्टरको टायर पंचड भई सडकछेउमा रोकी राखेको बा ८९ प ८८३८ नम्बरको मोटरसाइकलमा ठोकिदा मोटरसाइकल चालक महोत्तरी माईस्थान-३ बस्ने ३८ वर्षीय शुक्र बहादुर मोक्तानको बुधबार साँझ मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका लागि मोडल अस्पताल लालबन्दीतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । दुवै सवारी साधन र ट्याक्टर
चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
काभ्रे, नमोबुद्ध नगरपालिका-२ बुच्चाकोटस्थित सडकमा हाल नम्बर नखुलेको ट्रकले बुधबार राति बा ६० प ९४४९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार रोशी गाउँपालिका-४ बस्ने ३५ वर्षीय कृष्ण बिकको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारको लागि धुलिखेल अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
हाल फरार रहेका दुबै सवारी साधनका चालकहरुको प्रहरीले खोजी गरिरहेको छ ।
झापा, कन्काई नगरपालिका-८ शितल चोकमा ग १ ख ४५६३ नम्बरको ट्रकको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ४० वर्षीय राजकुमार राईको बुधबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको बी एण्ड सी अस्पताल बिर्तामोडतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । हाल फरार ट्रक र चालकको प्रहरीले खोजी गरिरहेको छ । दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्रान्तिकारी कम्युनिस्ट पार्टीको राष्ट्रिय एकता महाधिवेशन उद्घाटन (तस्बिरहरू)
-
पाल्पामा धान उत्पादन बढेपछि किसान उत्साहित
-
निर्वाचन आयोगले भन्यो– चुनाव हुने स्थानमा शंकास्पद व्यक्तिलाई प्रवेश नदिनु
-
एम्बुलेन्समा लागुपदार्थ कारोबार
-
सुधारिएको स्वास्थ्य मन्त्रालय बनाउनुपर्नेछ : मन्त्री पौडेल
-
मह चोरीको घटनामा अदालतले सुनायो चार वर्षको जेल सजाय