बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

लाइफ इन्सुरेन्सले साढे १० प्रतिशत लाभांश दिने

बिहीबार, ११ मङ्सिर २०७७, १२ : ०३
बिहीबार, ११ मङ्सिर २०७७

लाइफ इन्सुरेन्स कर्पोरेसन (एलआइसी) नेपालले  आफ्ना लगानीकर्तालाई साढे १० प्रतिशत लाभांश दिने भएको छ । कम्पनीले आर्थिक वर्ष २०७५/७६ को नाफाबाट लगानीकर्तालाई १०.५३ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।
कम्पनीको सञ्चालक समीतिको बैठकले १० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.५३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो । एलआइसी नेपालले अघिल्लो आर्थिक वर्ष (२०७४–७५) लगानीकर्तालाई ७० प्रतिशत लाभांश दिएको थियो ।
सञ्चालक समीतिले प्रस्ताव गरेको लाभांश नियामक बिमा समीति र कम्पनीको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि मात्रै लगानीकर्ताले पाउँनेछन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप