बेलायतमा एकै दिन ६९६ संक्रमितको मृत्यु
लन्डन । बेलायतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या पछिल्ला दिनहरुमा तीव्र रुपमा बढ्दै गइरहेको छ ।
कोरोना संक्रमणको दोस्रो लहर चलिरहँदा बेलायतमा दैनिक मृतक संख्या करिब सात सयको हाराहारीमा पुगेको छ ।
पछिल्लो २४ घन्टामा मात्र बेलायतमा ६९६ जना कोरोना संक्रमितको मृत्यु भएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले जानकारी दिएको छ ।
दोस्रो लहर शुरु भएयता यो संख्या अहिलेसम्मकै सबैभन्दा बढी हो । हिजो मंगलबार ६०७ जनाको मृत्यु भएको थियो । यससँगै बेलायात्मा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५६ हजार ५ सय ३३ पुगेको सरकारी तथ्याँकमा उल्लेख छ ।
यसैगरी स्वास्स्थ्य विभागले दिएको जानकारी अनुसार २४ घन्टामा थप १८ हजार २१३ जना नयां संक्रमित थपिएका छन् । बेलायतमा कोरोना संक्रमितको कुल संख्या १५ लाख ५७ हजार नाघेको छ ।
कोरोना संक्रमणको दोस्रो लहर शुरु भएपछि संक्रमण नियन्त्रणका लागि आगामी डिसेम्बर २ सम्म इंग्ल्याण्डमा राष्ट्रव्यापी लकडाउन घोषणा गरिएको छ । उक्त लकडाउनलाइ अन्त गर्दै डिसेम्बर २ बाट सरकारले तीन तहको लकडाउन नीति घोषणा गरेको छ ।
क्रिसमसको समयमा जनजीवन थप सहज गराउने उद्देश्यले हाल बन्द रहेका अत्यावश्यकबाहेकका पसलहरु पनि खोल्ने तयारी भैसकेको छ । क्रिसमसको समयमा पांच दिनको लागि बढीमा तीन परिवारबीच खुल्ला रुपमा भेटघाट गर्न पाउने नियमको पनि सरकारले घोषणा गरिसकेको छ । सरकारको यो घोषणाले बेलायतमा कोरोना संक्रमणको तेस्रो लहर आउने संभावना रहेको विज्ञहरुले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युथ सेलिब्रेसनमा ओली : सरकारका बारेमा धेरै चिन्ता नगर्नु, मिसन ८४ मा लाग्नु
-
दलहरूभित्रको आन्तरिक लोकतन्त्र बलियो नभएसम्म देशको लोकतन्त्र सुदृढ हुँदैन : सांसद शर्मा
-
सशस्त्रका ११ जना एसएसपीको सरुवा, इन्टेलिजेन्स ब्युरोमा खड्का
-
सशस्त्र प्रहरीका १२ जना डीआईजीको सरुवा, ६ प्रदेशका प्रमुख फेरिए
-
राज्य विरुद्धको कसुरमा संलग्न १६ जनाको बयान पुरा, प्रसाईँलाई सोध्ने प्रश्न तयार गरिँदै
-
पहलगाम हमला : अब नेपाल पनि सचेत रहनुपर्ने वेला आयो