पर्यटनमन्त्रीद्वारा विपन्न नागरिकको कोरोना बीमा
बुधबार, १० मङ्सिर २०७७, १८ : १४

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले आफूले प्राप्त गरेको कोरोना बीमा बापतको रु एक लाख रकम निर्वाचन क्षेत्रका विपन्न नागरिकको कोरोना बीमामा खर्च गरेका छन् । ताप्लेजुङबाट प्रतिनिधिसभा सदस्यसमेत रहेका मन्त्री भट्टराईले कोरोना बीमाबापत प्राप्त रकम जिल्लाका ३०० जना न्यून आय भएका, विपन्न, विद्यार्थी, असहाय तथा मजदूरको कोरोना बीमामा खर्च गर्नुभएको उनका स्वकीय सचिव प्रेम गुरागाईंले जानकारी दिए ।
साथै, पर्यटनमन्त्री भट्टाईले आफ्नो तलब भत्ताबापत प्राप्त रकमबाट स्थायी ठेगाना ताप्लेजुङ भएका एक हजार २७६ जनाको कोरोना बीमा गरिदिएका छन् । यसरी मन्त्री भट्टराईले आफ्नो निर्वाचन क्षेत्रमा स्थायी ठेगाना भएका कूल एक हजार ५७६ जना व्यक्तिको कोरोना बीमा गरिएको उनको स्वकीय सचिवालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनी कप महिला फुटबल प्रतियोगितामा आठ टोली
-
बझाङमा चट्याङ लागेर एक वृद्धाको मृत्यु, पहिरोले सडक अवरुद्ध
-
निर्माण व्यवसायीलाई राष्ट्र बैंकको राहत, बैंकको ब्याज भुक्तानीमा सहजीकरण
-
धोबीखोला करिडोर पीडितको प्रदर्शन
-
नारायणी किनारमा चैत्र ३१ गते साङ्गीतिक कन्सर्ट हुने
-
१० बजे १० समाचार : फरार दुर्गाको सन्देशदेखि नेपालको रेकर्डसम्म