शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

सुदूरपश्चिममा थप ७४ जनामा कोरोना संक्रमण पुष्टि

बुधबार, १० मङ्सिर २०७७, १८ : १०
बुधबार, १० मङ्सिर २०७७

कैलाली । सुदूरपश्चिम प्रदेशका पा“च वटा प्रयोगशालामा गरिएको परीक्षणमा बुधबार थप ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशको सेती प्रादेशिक अस्पताल, डडेल्धुरा, बैतडी, अछामको कमलबजार र डोटीमा गरिएको परिक्षणमा ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सेती प्रादेशिक अस्पताल धनगढीको प्रयोगशालामा गरिएको तीन सय १३ जनाको स्वाब परीक्षणमा कैलालीका २१, कञ्चनपुरका १३ र बझाङका एक जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।
अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार संक्रमण पुष्टि हुनेमा कैलालीको धनगढी उप–महानगरपालिका वडा नम्बर १ का दुई जना, वडा नमबर २, ३, ५ र ८ का एक÷एक जना तथा पहिचान नखुलेका धनगढीका एक जनामा संक्रमण पुष्टि भएको छ ।

यसैगरी बुधबारकै परीक्षणमा कैलालीको टीकापुर नगरपालिकाका आठ जना, घोडाघोडी नगरपालिकाका एक जना, गोदावरी नगरपालिकाका चार जना र जिल्ला बाँकी खुल्न बाँकी एक जनामा समेत संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए ।

उनका अनुसार बुधबार नै सेतीमा गरिएको परीक्षणमा कञ्चनपुरको वेदकोट नगरपालिकाका चार, भिमदत्त नगरपालिकाका छ, पुनर्वास नगरपालिकाका दुई र वेल्डा“डी नगरपालिकाका एक जनामा संक्रमण पुष्टि भएको छ ।
सेतीकै परिक्षणमा बझाङको सर्मा गाउ“पालिकाका एक जनामा समेत संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए ।

यस्तै, डोटी अस्पतालको प्रयोगशालामा १४ जनाको स्वाव परीक्षण गर्दा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको जनाइएको छ । अस्पतालका अनुसार दीपायल सिलगढीका एक महिला र एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

डडेल्धुरा अस्पतालमा ८० वटा स्वाव परीक्षण गर्दा डडेल्धुराकै १७ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । 
अछामको कमलबजारमा प्रयोगशालामा ४३ स्वाव परीक्षण गर्दा सात जनामा कोरोना पुष्टि भएको थियो भने बैतडी जिल्ला अस्पताल प्रयोगशालामा ८३ स्वाव परीक्षण गर्दा १३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । योसँगै प्रदेशमा कोरोना संक्रमितको संख्या १० हजार नौ सय २० पुगेको छ ।

यस्तै, बुधबार सुदूरपश्चिम प्रदेशमा थप १४ जना कोरोना संक्रमणमुक्त भएका छन । प्रदेश स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार बैतडीबाट दुई, कञ्चनपुरबाट छ र सेती प्रादेशिक अस्पतालबाट छ गरी १४ जना कोरोना संक्रमणमुक्त भएका हुन् । योसंगै प्रदेशमा कोरोना संक्रमणमुक्तको संख्या नौ हजार एक सय ३८ पुगेको छ । 

प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३६ पुगेको छ । निर्देशनालयका अनुसार कैलालीमा १९, कञ्चनपुरमा चार, बाजुरा, अछाम, डडेल्धुरा, दार्चुलामा दुई/दुई, बैतडी र डोटीमा एक÷एक गरी ३६ जनाको मृत्यु भएको हो ।
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप