शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

शृङ्गलाको भ्रमण : भारतको ‘रियलाइजेसन’ कि नेपाल ठूला देशको ‘ब्याटल ग्राउन्ड’ बन्दै ?

बुधबार, १० मङ्सिर २०७७, १६ : ४८
बुधबार, १० मङ्सिर २०७७

भारत र चीनको तर्फबाट नेपालमा लगातार उच्चस्तरीय भ्रमण शुरु भएको छ । नेपालका दुई छिमेकी देशबाट उच्चस्तरीय भ्रमण हुनुलाई महत्त्वको साथ हेरिएको छ । विशेष गरेर दक्षिणी छिमेकीबाट शुरु भएको उच्चस्तरीय भ्रमणको शृङ्खलालाई नेपालको राजनीतिक र कूटनीतिक वृत्तमा चासोको साथ हेरिएको छ । बिहीबार भारतका विदेश सचिव हर्षबर्धन शृङ्गला आउँदैछन् ।

अहिले कालापानी, लिपुलेक, लिम्पियाधुरालगायतको सीमालाई लिएर नेपाल र भारतबीचको बीचमा विवाद चलिरहेको छ । नेपाली भूमिलाई आफ्नो देखाउने गरी भारतले राजनीतिक नक्सा जारी गरेपछि नेपालले त्यसको ‘काउन्टर’ अतिक्रमित भूमि समेटिएको राजनीतिक नक्सा जारी गरेपछि दुई देशबीच सम्बन्ध चिसिएको थियो ।

सीमाको विवादलाई समाधान गर्न नेपालले भारतसँग पटक–पटक आग्रह नगरेको पनि होइन । तर, भारतले लामो समय यसबारे कुनै चासो नै दिएन । पछिल्लो समय भने भारतले स्वयम् यो समस्या समाधानका लागि ‘सकारात्मक’ अग्रसरता देखाएको छ ।

विदेश मामिलाका जानकार टङ्क कार्की भन्छन्, ‘भारतले नेपालसँग बिग्रिदै गएको सम्बन्धको बारेमा रियलाइजेशन गरेरै त्यसलाई सुधारका लागि अघि बढेको हुनुपर्छ । पहिला नेपालमा कुनै समस्या हुँदा भारतले त्यसको बारेमा छलफल गर्न नेपाली पक्षलाई नै उता बोलाएर कुरा गर्थ्यो । तर, अहिले भारतका प्रतिनिधिहरु धमाधम नेपाल आउन लागेका छन् । यसबाट प्रष्ट बुझ्न सकिन्छ भारत नेपालसँग सम्बन्ध सुधार गर्ने पक्षमा छ । यो दुई देशका लागि असाध्यै राम्रो कुरा हो ।’

भारतले नेपालसँग सीमाको विषय लिएर भएको विवाद समाधानका लागि एजेण्ड नै बनाएर छलफल गर्न नआएको हुनसक्ने भए पनि तर उक्त विषयमा नेपालको चासो रहेको छ भन्ने भारतले अवश्य नै बुझेको हुनुपर्ने उनी बताउँछन् । ‘नेपाल आउने भारतीय पक्षले आफै शुरुमा सीमा समस्याको बारेमा कुरा उठाउँदैन । त्यसमा नेपालले नै जिज्ञासा राख्छ । समस्या समाधानका लागि नेपालले पहल गरेको जस्तो देखिन्छ । जसलाई भारतले गम्भीर रुपमा नोट गरेर फर्किने गरेको छ,’ कार्की भन्छन्, ‘भारतका प्रतिनिधिहरु नेपाल आउँदा कुनै निश्चित एजेण्डाका साथमा आउँदैनन् । खुल्ला एजेण्डाका साथ नेपाल आउँछन् र हरेक विषयमा छलफल गर्छन् । नेपालको मनासय बुझेर भारत फर्केपछि त्यसलाई विश्लेषण गरेर अगाडि बढ्छन् ।’

उनले भने, ‘नेपाल–भारतबीच ऐतिहासिक सम्बन्ध रहेको छ । त्यो ठाउँ अरु कुनै देशले लिनसक्दैन । तर भारतले पनि नेपाललाई सानो देश भएर माया गर्नुपर्छ, हेप्नु हुँदैन ।’ भारतले विगतमा नेपालसँग जुनखालको व्यवहार गर्यो त्यसकै नतिजा आजको अवस्था सिर्जना भएको कार्कीको बुझाइ छ । ‘तर अब भारतले पनि त्यसमा सुधार गर्न चाहेको कुरा प्रष्टरुपमा देख्न सकिन्छ,’ कार्की भन्छन् ।

पूर्वराजदूत रायले प्रश्न गरेका थिए, ‘नेपालले संविधान नै संशोधन गरेको छ । भोलि भारतसँग कुनै सम्झौता भयो भने पुनः संविधान संशोधन गर्छ कि गर्दैन ?’ त्यो कुराको ग्यारेण्टी हुनुपर्ने उनले धारणा राखेका थिए । ‘भारत र नेपालबीच सीमा विवादबारे एक न एक दिन वार्ता हुन्छ नै । वार्ताबाट निष्कर्ष निस्केपछि नेपालले आफ्नो संविधानलाई पुनः संशोधन गर्छ कि गर्दैन भने कुरा भारतले जवाफ मागिरहेको छ,’ उनले भने ।

नेपालसँग सम्बन्ध बिगारेर आफूलाई नै बढी घाटा हुने कुरा भारतले राम्रोसँग बुझेको छ । जुनकुरा महसुस गरेर नै नयाँ ढङ्गबाट सम्बन्ध विस्तारको सुरुवात गरेको विश्लेषकहरुको बुझाइ छ । नेपालले पनि यस अवसरको फाइदा लिनुपर्ने उनीहरुको भनाइ छ । ‘भारत र चीनबीच कस्तो सम्बन्ध छ भन्ने कुरामा नेपालले चासो नै लिनुहुँदैन । त्यो उनीहरुको आन्तरिक मामिला हो । ती दुवै देशसँग आफ्नो सम्बन्ध कसरी राम्रो हुनसक्छ भन्ने कुरामा नेपाल त्यो कुरामा पनि ध्यान दिनुपर्छ,’ विदेश मामिलाका जानकार कार्कीको सुझाव छ ।

उग्र बनेको नेपाल भारतबीचको सीमा विवाद अहिले केही मत्थर भइसकेको कारणले यी भ्रमणहरु शुरु भएको र अब यी भ्रमणबाट हुने संवादले सो विवादलाई समाधान गर्ने उनले आशा व्यक्त गरे ।

तर नयाँ राजनीतिक नक्सालाई मान्यता दिन नेपालले आफ्नो संविधान नै संशोधन गरेर भारतसँग वार्ता शुरु गरेको ट्रयाक नै गलत भएको नेपालका लागि पूर्व भारतीय राजदूत रञ्जित राय बताउँछन् । हालै सम्पन्न एउटा भर्चुअल संवादमा पूर्वराजदूत रायले प्रश्न गरेका थिए, ‘नेपालले संविधान नै संशोधन गरेको छ । भोलि भारतसँग कुनै सम्झौता भयो भने पुनः संविधान संशोधन गर्छ कि गर्दैन ?’ त्यो कुराको ग्यारेण्टी हुनुपर्ने उनले धारणा राखेका थिए । ‘भारत र नेपालबीच सीमा विवादबारे एक न एक दिन वार्ता हुन्छ नै । वार्ताबाट निष्कर्ष निस्केपछि नेपालले आफ्नो संविधानलाई पुनः संशोधन गर्छ कि गर्दैन भने कुरा भारतले जवाफ मागिरहेको छ,’ उनले भने ।

ठूला–ठूला देशको बीचमा देखिएको लडाइँको रणनीतिक क्षेत्रको रुपमा नेपाल रहेको उनको बुझाइ छ । चीनका राष्ट्रपति सी चिनफिङको विशेष दूतका रुपमा रक्षामन्त्री वेइ फेंग्हे आउनु समान्य कुरा नरहेको बताउँदै उनले वाङ राष्ट्रपति सीको विश्वास पात्र रहेको उनी विशेष मिसनमा निस्केको बताए ।

प्रतिनिधिसभा सदस्यसमेत रहेका विदेश मामिलाका जानकार डा. दीपक भट्टले पनि नेपाल–भारतबीच सीमा विवादलाई लिएर देखिएको चिसोपनालाई कम गर्न यी उच्चस्तरीय भ्रमण हुन लागेको बताए । शुरुमा भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुख सामन्त गोयल र त्यसपछि भारतीय सेनाका प्रमुख मनोज मकुन्द नरवणे नेपाल आएर स्वदेश फर्किए । उनीहरुको भ्रमण विल्कुल सुरक्षासँग सम्बन्ध विषयमा थियो । सुरक्षाको मामिलामा भारतको लागि नेपाल प्रमुख नाका हो, त्यसले भारत जहिले पनि नेपालसँग सुरक्षाको बारेमा चिन्ता व्यक्त गरिरहेको हुन्छ ।  ‘अघिल्लो दुईजनाको भ्रमण पनि त्यसैमा केन्द्रीत थियो,’ भट्ट भन्छन्, ‘विदेश सचिव हर्षवद्र्धन शृङ्गलाको भ्रमण विल्कुल कूटनीतिसँग सम्बन्धित हो । यसमा दुई देशको सम्बन्धलाई अझै बलियो कसरी बनाउन सकिन्छ । कहाँ–कहाँ समस्या छ ? त्यसलाई कसरी समाधान गर्न सकिन्छ लगायतका विषयमा छलफल हुनसक्छ । त्यसमा एउटा मुख्य एजेण्डा सीमा विवाद पनि हुनसक्छ ।’

भारतको तर्फबाट जुनको खालको भ्रमणहरु शुरु भएको छ त्यसले भारतले नेपाललाई चासो पूर्वक हेरिरहेको निश्चित भएको र त्यसले दुई देशबीचमा देखिएको विवाद समाधानतर्फ जाने उनले आशा व्यक्त गरे । ‘केही समय संवादहिनताको अवस्था थियो । के हुन्छ, के हुन्छको अवस्था थियो । तर, अब त्यस्तो नरहेको बताउँदै उनले विवाद समाधान उन्मुख रहेको उनले बताए ।

अर्का विदेश मामिलाका जानकार प्रमोद जयसवाल भन्छन्, ‘भारत र चीनको उच्चस्तरीय भ्रमणको पछाडि नेपाल–भारत बीचको सीमा विवाद मात्र एउटा कारण होइन । भारतले सीमा विवादका लागि मात्र नेपालमा उच्चस्तरीय भ्रमण गरेको छैन, यसको ठूलो रणनीतिक महत्त्व रहेको छ ।’ ठूला–ठूला देशको बीचमा देखिएको लडाइँको रणनीतिक क्षेत्रको रुपमा नेपाल रहेको उनको बुझाइ छ । चीनका राष्ट्रपति सी चिनफिङको विशेष दूतका रुपमा रक्षामन्त्री वेइ फेंग्हे आउनु समान्य कुरा नरहेको बताउँदै उनले वेइ फेंग्हे राष्ट्रपति सीको विश्वास पात्र रहेको उनी विशेष मिसनमा निस्केको बताए ।

भारतीय न्यूज च्यानल आज तकका पत्रकार पंकज दासले पनि भारतले सीमा विवाद समाधानका लागि विदेश सचिव शृङ्गलालाई नपठाएको दाबी गरे । उनले भने, ‘राष्ट्रपति, प्रधानमन्त्रीसँगको भेटघाटमा नेपालकै तर्फबाट कुरा उठायो भने बेग्लै कुरा हो, तर भारतले त्यस विषयमा कुनै कुरा राख्छ जस्तो मलाई लाग्दैन ।’

अ‍ेमेरिकामा चुनावको माहोल शुरु भएको बेला त्यहाँका विदेश सचिवले भारतको भ्रमणमा आएका थिए । उनी नेपाल पनि आउन चाहेको तर यताबाट कुनै सङ्केत नपाएको कारण उनी माल्दिभ्स र श्रीलंका हुँदै अमेरिका फर्केको जैसवाल बताउँछन् । त्यसको केही दिनपछि भारतका रअ प्रमुख गोयल र सैनिक प्रमुख नरवणेको नेपाल भ्रमण भएको थियो । त्यसबीच चीनले वेबिनारबाट नेपालमा आफ्ना अन्तरक्रियाहरु चलाइ नै रहेको थियो । अहिले आएर रक्षामन्त्री वाङ आफै आउन लागेका हुन् । उनी नेपाल हुँदै बङ्गलादेश र पाकिस्तानसम्म पुग्नेछ । यसबाट नै बुझ्न सकिन्छ कि अहिले किन उच्चस्तरीय भ्रमणहरु भइरहेका छन् ।

जयसवालले भारतीय विदेश सचिव शृङ्गलाले सीमा विवादको विषयमा छलफल गर्न एजेण्डा बोकेर नेपाल आउन लागेका नभएर उनले दुई देशबीचको सम्बन्धलाई कसरी बलियो बनाउन तथा विभिन्न परियोजनाहरुलाई कसरी सफल बनाउने विषयमा छलफल गर्ने बताए ।

भारतीय न्यूज च्यानल आज तकका पत्रकार पंकज दासले पनि भारतले सीमा विवाद समाधानका लागि विदेश सचिव शृङ्गलालाई नपठाएको दाबी गरे । उनले भने, ‘राष्ट्रपति, प्रधानमन्त्रीसँगको भेटघाटमा नेपालकै तर्फबाट कुरा उठायो भने बेग्लै कुरा हो, तर भारतले त्यस विषयमा कुनै कुरा राख्छ जस्तो मलाई लाग्दैन ।’ नेपाल भारतको बीचमा देखिएको सीमा विवाद समाधान गर्नका लागि एउटा छुट्टै सयन्त्र बनेको छ त्यसले मात्र यस विषयमा कुरा गर्ने उनले बताए । विदेश सचिव शृङ्गलाको यो औपचारिक र नियमित भ्रमण हो, दुई देशको कूटनीतिक सम्बन्ध तथा दुई देशको बीचमा सञ्चालित विभिन्न परियोजनाको बारेमा छलफल गरि फर्किने कार्यक्रम रहकेो उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप