अमरगढीको चिरकिट्टेमा चार वर्षपछि बिजुली
डडेल्धुरा । अमरगढी–३ चिरकिट्टे गाउँमा पोल पुर्याएको चार वर्षपछि बिजुली बलेको छ । अमरगढी नगरपालिकाको पहल र नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र डडेल्धुराको सहयोगमा गाउँमा बिजुली बलेको हो । गाउँमा दिनभरि खेतबारीमा चहलपहल भए पनि सूर्यास्तसँगै सुनसान बन्ने यहाँका बस्ती बिजुली बलेसँगै झिलिमिली बनेका छन् । साँझ पर्नासाथ वरपरका गाउँ झिलिमिली भए पनि यहाँका स्थानीय सौर्य, टुकी र ‘झरो’ (सल्लाको दाउरा) बालेर रात बिताउन बाध्य थिए । गाउँमा बिजुली बलेपछि अन्य गाउँबस्तीजस्तै यहाँका गाउँ पनि झिलिमिली भएका छन् ।
गाउँमा विद्युत् पुगेसँगै विद्यालय पढ्ने बालबालिकालाई रातिमा किताब पढ्न सहज हुने स्थानीय खगेश्वरी पनेरुले बताए । “सौर्य उर्जाबाट पढ्थे, कहिले त घाम नलागेर पढ्न नपाउने समस्या हुन्थ्यो । ‘झरो’ बालेर पढ्दा समयसमयमा नबल्दा समस्या हुन्थ्यो”, उनले भने, “बिजुली पुगेपछि अब समस्या टर्यो, बल्ल स्थानीय सरकारको अनुभूति भयो ।”
गाउँमा बिजुली बाल्न धेरै सङ्घर्ष गरेको अमरगढी–३ सतकाटाका भीमबहादुर पाण्डेयले बताए । बिजुली बाल्नकै लागि आफूहरूले जिल्ला सदरमुकामबाट चार वर्ष पहिले विद्युत्का पोल बोकेर गाउँमा पु¥याएको पाण्डेको भनाइ छ । ठेकेदार र विद्युत् कार्यालयको लापर्बाही तथा स्थानीयले चासो नदिँदा बिजुली नपुगेको भए पनि अहिले स्थानीयको चासो र विद्युत् कार्यालयको अग्रसरतामा बिजुली पुर्याउन सफल भएको अमरगढी–३ का वडाध्यक्ष गोविन्द बोहराले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘समुन्नत राष्ट्र निर्माण गर्न लोकतान्त्रिक प्रणाली सबैभन्दा उत्तम’
-
१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण
-
धनुषाबाट अपहरण गरेर भारत लैजाँदै गरेको अवस्थामा ५ जना पक्राउ
-
चीनमा देव गुरुङले भने– नेपालमा माओवादीकै विचारको वरिपरि राजनीति छ
-
निर्वाचनका कारण पूर्वी सिमानाका बन्द
-
सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा